७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कालो धन वैध बनाउन घरजग्गामा लगानी

कालो धन वैध बनाउन घरजग्गामा लगानी
अ+ अ-

काठमाडौं । अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ । कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयांै क्षेत्रफल जग्गा कालो धन आर्जन गरी सम्पति शुद्धीकरण गराउनेहरूकै कब्जामा गएको छ । जसका कारण घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढ्न पुगेको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको बताए । घरजग्गाको कारोबार गर्ने नियमक निकाय निष्क्रिय हुँदा अवैध सम्पति आर्जन गरी घरजग्गामा लगानी गर्नेहरू उत्साहित बन्दै गइरहेको विभागका अधिकारीको अनुभव छ ।

जग्गाको कारोबार गर्नेको नियामक निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचक संस्था रियल स्टेट कम्पनीलाई कडाइ नगर्दा सम्पत्ति शुद्धीकरण गर्नेहरूको रकम घरजग्गामा लगानी हुने गरेको विभागको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा रियल स्टेट कम्पनीले सूचक संस्थाको भूमिका जिम्मेवारीपूर्वक पूरा गर्दा घरजग्गामा सम्पत्ति शुद्धीकरणको लगानी हुँदैन । नेपालमा भने सम्पत्ति शुद्धीकरण गर्न घरजग्गामा लगानी हुँदै आएको अर्थविद्को भनाइ छ ।
यसअघि नेपालमा रियल स्टेट ब्रोकर पर्याप्त रहे पनि उनीहरू आधिकारिक निकायमा दर्ता भएका थिएनन् । सरकारले २०७४/७५ सालको बजेट वक्तव्यमा रियल स्टेट ब्रोकरले अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान ल्याए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सोअनुरूप नियामक निकायका रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई तोकिए पनि अहिलेसम्म कुनै कानुन आउन सकेको छैन । हाल नेपालमा घरजग्गाको कारोबार फस्टाएको छ । यस्तो कारोबारमा १ हजार प्रतिशतसम्म फाइदा हुने भएकाले कालो धनलाई सेतो बनाउने व्यक्ति तथा संस्थाको व्यापार फस्टाउँदो अवस्थामा रहेको विभागका अधिकारीको भनाइ छ ।

अर्थविद् डा। चन्द्रमणि अधिकारीले सम्पत्ति शुद्धीकरण गर्नेहरूले घरजग्गामा लगानी गर्ने गरेको बताए । ‘कालो धन आर्जन गरेकाले घरजग्गा किन्ने र बेच्ने क्रम तीव्र पार्दा घरजग्गााको मूल्य अस्वाभाविक रूपमा बढेको हो, यसमा कडाइ गर्दै आवश्यक अनुसन्धान गरिनुपर्छ,’ अर्थविद् अधिकारीले राजधानीसँग भने ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रवक्ता जनकराज जोशीले विभागले भर्खरै निर्देशिका तयार गरी सरोकारवाला निकायसँग रायसुझाव लिने काम गरिरहेको बताए । उनले निर्देशिका बनेलगत्तै आवश्यक नियमन थालिने जानकारी दिए ।

यी हुन कालो धनलाई शुद्धीकरण गर्न सहयोग गर्नेहरू

नोटरी पब्लिक, क्यासिनो व्यवसायी, बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी, लेखा परीक्षक, लेखा व्यवसायीले ब्ल्याक र डटी मनीलाई शुद्ध बनाउन सहयोग गरेको विभागको अनुमान छ । यी संस्थामध्ये केहीको नियामक निकाय भए पनि उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गरेका छैनन् । तर, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ ले भने पर्याप्त अधिकार नियामक निकायलाई दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सेयरबजारमा कारोबार गर्नेहरू, सुनचाँदी र सहकारी संस्थाले समेत स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको आशंकामा ती निकायमाथि छानबिन थालेको छ ।

सम्पति शुद्धीकरणमा जोखिम रहेका क्षेत्र

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालको सम्पत्ति शुद्धीकरणमा उच्च जोखिम रहेका पाँच क्षेत्रको पहिचानसमेत गरेको छ । विभागले कर छली, भ्रष्टाचार, मानव ओसारपसार र तस्करी तथा हुन्डी कारोबारमार्फत कालोधन जम्मा गरेर त्यसलाई शुद्धीकरण गर्ने प्रयास भइरहेको जनाएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।