५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको सम्बन्धमा काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिसँगको छलफलको क्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले विद्यमान ऐनमा संघीय सरकारले स्थानीय तहलाई प्रशासकीय भवन बनाउन मात्र जग्गा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले तत्काल जग्गासम्बन्धी समस्या समाधान गर्नको लागि मन्त्रिपरिषद्बाट नियमावली संशोधन गर्न भूमि व्यवस्था मन्त्रालयसँग सहकार्य गइरहेको समेत जानकारी दिनुभयो ।

उहाँले फोहोर व्यवस्थापनको समस्या संघीय सरकार, स्थानीय तह वा कुनै एक निकायको मात्र नभई राष्ट्रिय आपतकाल भएको भन्दै सबै निकायबीच समन्वय र सहकार्यमा यसको समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालका लागि लिज (भाडा) मा जग्गा उपलब्ध गराउने र स्थानीय तहले भुक्तानी गर्नुपर्ने रकमसमेत हटाउने गरी नियमावली संशोधनमार्फत हल निकाल्नेतर्फ छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग उपलब्ध र कानूनका आधारमा संघीय सरकारले स्थानीय सरकारलाई एउटा मात्र विषयमा जग्गा उपलब्ध गराउन मिल्छ भन्नेकुरा सुने मैले । प्रशासकीय भवन लगायतका पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउन मिल्ने रहेछ । यसमा अब कानून संशोधन गरेर हुन्छ कि नियमावली संशोधन गरेर हुन्छ गर्नुपर्छ । किनभने यो संघ र स्थानीय निकायको मात्र समस्या होइन यो एउटा नेशनल एमरजेन्सी हो । त्यसो भएको हुनाले एकअर्कालाई सहयोग गर्यौँ भने यो समस्याको समाधान हुन्छ । एकअर्कालाई औँलो ठड्यायौँ भने यो समस्याको समाधान हुँदैन भनेर मैले मन्त्रीज्यूहरुलाई पनि भनिसकेको छु । जग्गा प्राप्तिको विषयमा ऐन नै संशोधन गर्नुपर्छ भने केही समय लाग्छ होला । नत्र मैले आज पनि यहाँ आउनुभन्दा अगाडि भूमि व्यवस्थामन्त्रीज्यू र सहसचिवज्यूहरुसँग बसेर कुरा गर्दाखेरी अहिलेको व्यवस्थाअनुसार लिजमा मात्रै जग्गा उपलब्ध गराउन मिल्छ भन्नुभएको छ । उहाँहरुले भाडा शुल्क घटाएर जग्गा उपलब्ध गराउन सकिन्छ भन्नुभयो । मैले घटाएर नभई हटाएर दिने कुरा गरेँ । लिजमै हो भने पनि शुल्क नतिर्नेगरी जग्गा उपलब्ध गराउने कुरा भयो । नियमावली मात्र संशोधन गर्ने हो भने त क्याबिनेटबाट हुने भयो । ऐन संशोधन संसदबाट हुने भएकोले क्याबिनेटबाट हल गर्ने कुरामा छलफल भएको छ । यस विषयमा सरकार गम्भीर र प्रतिवद्ध छ । यस विषयमा सरोकारवाला निकायसँग छलफल गरेर हामी समाधान निकाल्छौँ ।’

फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रका प्रभावित नागरिकको समस्याप्रति समेत सरकार गम्भीर रहेको उहाँको भनाइ छ । बैठकमा प्रभावित स्थानीय तहका प्रतिनिधिहरुले संघीय सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउनुपर्ने माग राखेका थिए ।–न्युज एजेन्सी नेपाल