७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

उच्च पदस्थले प्रधानसेनापतिबाट सिक्ने कि ?

उच्च पदस्थले प्रधानसेनापतिबाट सिक्ने कि ?
अ+ अ-

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर राष्ट्रसेवक कर्मचारीमध्येमा आफूलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्ने पहिलो नम्बरमा उभ्याएका छन् । प्रायः धेरै राष्ट्रसेवकले बोली र भाषणमा बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको आवाज उठाउँछन् तर उनीहरूको व्यवहारमा त्यस्तो पाइँदैन । प्रधानसेनापति थापा मात्रै त्यस्ता राष्ट्रसेवक देखिए, जसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमै लागू गरे ।
हाल निजामती, प्रहरी, शिक्षक, सेना, तथा सार्वजनिक संस्थामा कार्यरत गरी झन्डै ५ लाखको संख्यामा राष्ट्रसेवक कर्मचारी छन् । ती राष्ट्रसेवकमध्ये कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने तदारुकता देखाएका छैनन् । तर, प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेर अरूलाई चुनौती दिएका छन् । प्रधानसेनापति थापाले मंगलबार आफ्ना योजना र कार्यक्रम सुनाइरहँदा उनमा देखिएको सुशासनप्रतिको वास्तविक प्रतिबद्धता स्यालुट गर्न लायक थियो ।

उनले तीन घण्टा लगाएर सार्वजनिक गरेको विगतका कार्य र भावी योजनामा नेपाली सेनालाई आमूल परिवर्तन गर्ने खाका थियो । उनको सो खाकालाई प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, प्रहरी प्रमुख तथा मन्त्रालयका महाशाखा प्रमुख, महानिदर्शे क र कायार्लय पम्रखुहरूलले समते मनन गर्न जरुरी देखिएको छ । नेतृत्वमा इमान र नैतिकता नहुँदासम्म कुनै पनि संगठन सुध्रिन सक्दैन । प्रधानसेनापति थापामा देखिएको इमान र नैतिकताको उच्च ग्राफका कारण आगामी दिनमा नेपाली सेनामा व्यापक सुधार आउने विश्वास गरिएको छ । प्रधानसेनापति थापाले राम्रो कामको सुरुवात गर्दा चौतर्फी घेराबन्दी गरिएको भन्दै त्यस्ता घेराबन्दीलाई तोडेरै छोड्ने बताएका छन् । उनका कार्ययोजनालाई गहन रूपमा विश्लेषण गर्दा उनी असल राष्ट्रसेवक मात्रै नभएर ‘एक्सन ओरेन्टेड’ र भ्रष्टचारीविरुद्ध कठोर कदम चाल्न सक्ने खुबी भएको व्यक्तित्वका रूपमा देखिएका छन् । नेपाली सेनामा लामो समयपछि यस्ता सपूत जन्मन पुगेको भन्दै सेनाभित्रै उनको प्रशंसा हुन थालेको छ । उनले सेनाभित्र अनियमितता गर्नेहरू आफ्नो योजनाबाट तर्सिए पनि अन्त्यमा
आफ्नो सुशासनको लक्ष्यमा समाहित नभई सुखै नपाउने बताएका छन् । सुशासनको ग्राफ समाउन नसक्नहे रू कारबाही भाग्ने तयार रहनपुर्ने उनको चेतावनी प्रशंसनीय छ ।

प्रधानसेनापति थापाको यो सार्थक अभियानको रिफ्लेक्सन नेपाल प्रहरीमा पनि देखिन जरुरी छ । दुवै प्रहरीका प्रमुखले पनि प्रधानसेनापति थापाले जसरी नै छिट्टै सम्पत्ति विवरण सार्वजनिक गरी संगठनमा व्यापक सुधारको थालनी गरिएको सन्देश दिन सक्नुपर्छ भने निजामतीतर्फ मुख्य सचिव, सचिव तथा सब ैविभागका महानिदर्शे कले
पनि सम्पत्ति विवरण सार्वजनिक गरेर सुधारका योजना जनतासामु ल्याउन सक्नुपर्छ । राष्ट्रसेवकको दर्जा पाएका सबैलाई एउटै प्रश्न, ‘तपाईंहरू प्रधानसेनापतिले जस्तै सम्पत्ति विवरण सार्वजनिक गरेर सुशासनको बाटोमा कहिले लाग्ने ?’, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।