७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

एसइईको सर्टिफिकेटमा हजारौँ विद्यार्थीको गलत विवरण

एसइईको सर्टिफिकेटमा हजारौँ विद्यार्थीको गलत विवरण
अ+ अ-

काठमाडौं । ०७५ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हजारौँ विद्यार्थीको प्रमाणपत्र (सर्टिफिकेट)मा नाम, थर र जन्ममिति नै गल्ती भेटिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट विद्यार्थीको विवरण इन्ट्री गर्दा भएको लापरबाहीका कारण अहिले विद्यार्थी पीडित बनेका छन् ।

एउटै जिल्लाका ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती भेटिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको एसइईको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘एउटाको जम्ममिति, नाम अर्कैको छ, एउटाको सिम्बोल नम्बर भए नाम र जन्ममिति अर्कैको छ,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘यस्ता धेरै समस्या छन् । दैनिक पाँच सयसम्म विद्यार्थी पनिका आउने गरेका छन् । धेरैले दुःख पाएका छन् । हिजोआज पनिकाका कर्मचारी तिनै विद्यार्थीका विवरण सच्याउनमा व्यस्त छन् ।’

विद्यार्थीको नाम, थर र जन्ममिति मात्रै बिग्रिएको छैन । एउटा विद्यालयमा अर्को विद्यालयका विद्यार्थीको नाम राख्नेसम्मको लापरबाही भएको छ । रूपन्देही, ओखलढुंगा र धनुषाका विद्यार्थीको विवरणमा धेरै त्रुटि देखिएको पनिकाले जनाएको छ । रुपन्देहीमा करिब तीन हजार विद्यार्थीको नाम, थर र जन्ममिति गल्ती रहेको नियन्त्रक खकुरेलले बताए ।

ओखलढुंगामा करिब २३ सय विद्यार्थी छन्, तीमध्ये करिब १७ सयको विवरण त्रुटि छ । त्यस्तै, धनुषालगायत जिल्लामा पनि गल्ती भएका छन् । गल्ती विवरण सच्याउन विद्यार्थीले एक हप्तासम्म पर्खिनुपरेको छ । पनिकामा कम्प्युटरमा विवरण सच्याउने जनशक्ति अभाव भएकाले पनि लामो समय कुर्नुपरेको छ ।

‘स्कुलको सबैको बिग्रेको छ भने एक–एकजना विद्यार्थी नपठाउन भनेका छौँ । सबै विद्यार्थीको एकमुष्ट फारम ल्याउन र पनिकाबाट एकमुष्ट सच्याएर पठाउँछौँ भनेका छौँ,’ परीक्षा नियन्त्रक खकुरेलले भने, ‘जिल्लाबाट काठमाडौं आउँदा एउटा विद्यार्थीको हजारौँ खर्च हुने गरेको छ । हामीले सबैसम्म छिटो सच्याएर उपलब्ध गराएका छौँ ।’

पनिकाले एसइईको नतिजा सार्वजनिक भएको एक महिनामा विद्यार्थीलाई सर्टिफिकेट वितरण गरेको थियो । तर, सर्टिफिकेटमै व्यक्तिगत विवरण गलत भएपछि देश तथा विदेशमा अध्ययनका लागि तयार विद्यार्थीलाई तनाव भएको छ । उनीहरूले विवरण सच्याउन हजारौँ रुपैयाँ खर्चसमेत गर्नुपरेको छ ।

अनलाइनमार्फत फारम भरेका कारण पनि धेरै त्रुटि भएको नियन्त्रक खकुरेलले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय केन्द्र एसइईको फारम भरेर केन्द्रमा पठाएका थिए । केन्द्रमा कर्मचारी नहुँदा विद्यालयबाट आएका फारम शिक्षकहरूमार्फत अनलाइन विवरण भराएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ मा सातवटै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी कुल चार लाख ७५ हजार ती परीक्षार्थी सहभागी थिए । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय सहभागी थिए । सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी थिए ।

परीक्षा नियन्त्रक रामराज खकुरेल भन्छन्–हतारमा काम गर्दा धेरै गल्ती भयो
विद्यार्थीले हार्डकपी फारम भरे । त्यो हार्डकपी विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा दियो । इकाइले अनलाइन फारम भर्नुपर्ने भयो । विद्यालयका शिक्षकलाई बोलाएर इकाइले अनलाइन फारम भरायो । इकाइमा आफ्ना कर्मचारी नभएपछि शिक्षकमार्फत फारम भराइएका हुन् ।

उनीहरूले पनि हतारमा काम गरेर होला एउटाको नाममा अर्कैको जन्ममिति छ । एउटाको रोल नम्बरमा नाम र जन्ममिति अर्कैको छ । कुनै विद्यालयका विद्यार्थीकोे नाम र रोल नम्बर सही टिपे पनि जन्ममिति सबैको एउटै भएको छ । अघिल्ला वर्षमा पनि विद्यार्थीको विवरणमा गल्ती हुन्थ्यो, तर अहिले अत्यधिक गल्ती भएको छ ।

समन्वय इकाइ जनशक्तिविहीन हुनु नै समस्याको सबैभन्दा ठूलो कारण हो । तर, अहिले स्थानीय तहले इकाइमा काम गर्ने शिक्षकलाई कारबाही गर्न थालेका छन् । यो अवस्थामा काम गर्न झन् कठिन हुन्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।