२४ असार २०८३, बुधबार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुझैँ फैलिँदै : स्क्रब टाइफस



अ+ अ-

काठमाडौं । करिब ६१ जिल्लामा फैलिएको डेंगु नियन्त्रण गर्न नसकिरहेको सरकारसामु अर्को रोग स्क्रब टाइफस पनि चुनौती बनेको छ । पछिल्ला चार वर्षमा ३५ जनाको ज्यान लिएको यो रोग खासगरी मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नाको टोकाइबाट लाग्छ । असारयता स्क्रब टाइफस १४ जिल्लामा फैलिसकेको छ ।

तीन महिनामा तीन सय एक व्यक्तिमा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा। प्रकाशप्रसाद शाहले बताए । तर, स्थानीय तहबाट तथ्यांक संकलन हुने भएकाले सबै संक्रमितको संख्या नआएको पनि हुन सक्ने महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेले बताए ।

गत वर्षझैँ यसपटक पनि सबैभन्दा पहिले पाल्पामै स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । सरुवारोग क्षेत्रका जानकार डा। शेरबहादुर पुनले टाइफाइड ठानेर यो रोगको गलत पहिचान हुँदा समस्या देखिने गरेको बताए । शरीरमा यो जीवाणु फैलिएपछि फोक्सो, कलेजो र मस्तिष्कमा संक्रमण हुन थाल्छ । समयमै सही उपचार नभए दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, रक्तचाप न्यून हुने, शरीरका विभिन्न अंगमा क्षति पुग्ने, मिर्गौला फेल, निमोनिया, ब्याक्टेरियल संक्रमण, छारेरोग र मासु कुहिनेजस्ता समस्या देखिन्छ ।

स्क्रब टाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ । यसले टोकेको ठाउँमा दाग देखिन्छ, कतिपय अवस्थामा नदेखिन पनि सक्छ । वेलैमा नियन्त्रण गर्न नसके डेंगुले झैँ महामारीको रूप लिने भन्दै चिकित्सकले सचेत गराएका छन् ।

मानिसमा कसरी सर्छ ?
संक्रमित माइटले मानिसलाई टोक्दा उसको (यालमा भएको जीवाणु (ओरिएन्टा सुसुगामुसी) रगतमा फैलिन्छ । सुसुगाको अर्थ सानो र खतरनाक हो । माइट ०.२ मिलिमिटरदेखि ०.४ मिलिमिटर लामो हुन्छ । संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जिउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छन् । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भने यो रोग सर्दैन ।

स्क्रब टाइफसको जीवाणुलाई चिकित्सकले सूक्ष्मदर्शक यन्त्रले देख्न सक्छन् । संक्रमणको आशंका गरिएका व्यक्तिलाई स्वास्थ्यकर्मीले रगत परीक्षणको रिपोर्ट आउनुअघि नै एन्टिबायोटिक दिन सक्छन् । चिकित्सकका अनुसार यस्ता बिरामीलाई ‘डक्सिसाइक्लिन’वा ‘टेट्रासाइक्लिन’ । औषधि चलाएको ४८ घन्टादेखि बिरामीमा सुधार देखिन थाल्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।