३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गोरखा–१ का जलविद्युत् व्यवसायीको टोलीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन्।

गोरखा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न आग्रह गर्दै गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन्। छलफलमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूको टोली सहभागी थियो।

छलफलका क्रममा व्यवसायीहरूले उत्पादनको तयारीमा रहेका आयोजनाका लागि प्रसारण लाइन विस्तार, व्यवस्थापकीय समस्या लगायतका विषय उठाएका थिए। उनीहरूले आयोजनाको निर्माण तथा विद्युत् उत्पादनमा देखिएका अवरोध हटाउन सरकारको सहजीकरण आवश्यक रहेको बताएका थिए।

गृहमन्त्री गुरुङले गोरखाका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका समस्या समाधानका लागि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक सहयोग तथा सहजीकरण गर्न आग्रह गरे।

उनले जलविद्युत् व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्व (सीएसआर) का काममा पारदर्शिता कायम गर्न, राजनीतिमा नलागी व्यवसायमा केन्द्रित हुन र आयोजनाबाट स्थानीय जनताले समेत लाभ पाउने वातावरण बनाउन आग्रह गरे। सरकारले आवश्यक सहजीकरण गर्ने र प्राधिकरणले आयोजनाका बाधा फुकाउने भन्दै उनले व्यवसायीलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिए।

नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशन दिर्घायु श्रेष्ठले पनि जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या सम्बोधनका लागि पहल भइरहेको जानकारी दिए। प्रसारण लाइनसम्बन्धी समस्या समाधानका लागि आवश्यक स्रोत जुटाउने विषयमा गृहकार्य भइरहेको उनले बताए।

गोरखामा बूढीगण्डकीसहित १० भन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। ती आयोजनाको निर्माणका क्रममा देखिएका समस्या लिएर गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन्।