७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

धरान उपनिर्वाचन : नेकपाविरुद्ध कांग्रेस र साना दल

धरान उपनिर्वाचन : नेकपाविरुद्ध कांग्रेस र साना दल
अ+ अ-

धरान । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावी अभियान तीव्र पारेका छन् भने साना दलहरूको गतिविधि शून्य छ।

उपनिर्वाचन हुने भएपछि नेकपा र कांग्रेसले उम्मेदवार चयन गर्न नसकेका भए पनि उम्मेदवारबिनै चुनावी अभियानलाई जनतामाझ पार्टीका योजना प्रस्तुत गर्न थालेका छन्। दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको नेकपाले जनमुखी काम गर्न नसकेको भन्दै साना दलहरूको समर्थनमा कांग्रेसले साझा उम्मेदवारी दिने तयारी गरेको छ।

०७४ असार २० गते सम्पन्न स्थानीय निर्वाचनमा धरान उपमहानगरको मेयरमा तत्कालीन एमालेका तारा सुब्बाले कांग्रेस उम्मेदवार तिलक राईलाई पराजित गरेका थिए। ०७५ साउन १ गते मेयर सुब्बा र धरान–७ का अध्यक्ष भुवन मोक्तानको निधन भएपछि धरान नेतृत्वविहीन छ। यो उपनिर्वाचनमा प्रमुख दल नेकपा र कांग्रेसले मात्र उम्मेदवारी दिने गरी चुनावी अभियान गरिरहेका छन्।

नेकपाले पहिला जितेको भन्दै यसपाली पनि जसरी पनि जित्ने दाबी गरेको छ। नेकपालाई चुनाव जित्न माओवादी–एमाले एकताको भर र कांग्रेसलाई साना दलको समर्थनको आस छ। मेयरका लागि नेकपाबाट केन्द्रीय सदस्य किरणकुमार राई, प्रदेश सदस्यहरू विजय राई, मनोजकुमार मेन्याङ्बो, मुक्साहाङ मेन्याङ्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्यहरू प्रकाश राई र पदम लिम्बू आकांक्षी छन्। कांग्रेसबाट धरान नगर सभापति तिलक राई र जिल्ला सचिव सुजेन्द्र तामाङले आकांक्षा देखाएका छन्।

तत्कालीन एमाले–माओवादी एकतापछि कांग्रेस अन्य साना दलसँग गठबन्धन गरी चुनावी मैदानमा उत्रने तयारी गरेको छ। कांग्रेसले तेस्रो ठूलो दल समाजवादी पार्टी नेपाल, संघीय लिम्बूवान पार्टी, राप्रपा र राजपासँग गठबन्धन गरी चुनावमा भाग लिने तयारी गरेको छ। कांग्रेस धरानका सभापति तिलक राईले उपनिर्वाचनमा साना दलसँग गठबन्धन गरी नेकपा उम्मेदवारविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताए। उनले ०४८ सालदेखि नेकपाले लगातार जिते पनि नगरको विकासमा उल्लेखनीय काम नगरेकाले यसपाली गठबन्धन बनाएर प्रतिस्पर्धामा जान साना दलसँग छलफल भैरहेको बताए।

समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूले नेकपाबाट जितेकाले विमानस्थल र बसपार्क निर्माण, सडक विस्तार, खानेपानी समस्या समाधान नगरेकाले धरानलाई नेतृत्व दिनसक्ने उम्मेदवार चयन गरेर कांग्रेसलगायत दलसँग चुनावी एकता गर्न लागिएको बताए। संघीय लिम्बूवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले कांग्रेसले धरानमा मेयरको गतिलो उम्मेदवार चयन गरे आफ्नो पार्टीले सर्मथन गर्ने बताए।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने साना दल मिल्दैमा नेकपालाई केही फरक नपर्ने बताए। उनले पूर्व एमाले-माओवादी एकता नै उपचुनाव जित्ने मुख्य आधार भएको दाबी गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।