७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

दूषित पानीका कारण नदीमा देखिँदैनन् डल्फिन

दूषित पानीका कारण नदीमा देखिँदैनन् डल्फिन
अ+ अ-

बर्दिया । दूषित हुँदै गएको कर्णाली नदीको पानी पिउँदा बर्दिया राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तुमा रोग संक्रमणको खतरा बढेको छ। चुरे क्षेत्रबाट तराई झर्ने प्रवेशद्वार चिसापानीस्थित कर्णाली नदीकिनारमा बढिरहेको मानवीय अतिक्रमणका कारण दूषित भएको पानीले दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण फैलाउने खतरा बढेको हो।

पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको चिसापानीस्थित कर्णाली पुल चिसापानी बजारमा भइरहेको व्यवसाय विस्तारसँगै नदी प्रदूषित बन्दै गएको छ। दूषित पानीले वन्यजन्तुमा रोगको संक्रमण देखा परिरहेको सरोकारवाला बताउँछन्। दूषित पानीकै कारण वयस्क बाघसमेत रोगको संक्रमणमा परेको संरक्षणकर्मीले औंल्याएका छन्।

भदौ ५ गते गेरुवा गाउँपालिका–४ की रामकली शाहीलाई पाटेबाघले आक्रमण ग¥यो। बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएकी शाहीलाई दारा धसेर बाघ भागेको थियो। घटनास्थल हेर्दा बाघ अशक्त भएकै कारण आहारा छाडेर भागेको निकुञ्जका कर्मचारीकोे अनुमान छ। यस्तै, भदौ ८ गते ठाकुरबाबा नगरपालिकाका पहारी थारुको बाघको आक्रमणबाट मृत्यु भयो। थारुलाई आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले तत्कालै समात्यो। निकुञ्जले नियन्त्रणमा लिएको बाघ आफैं अशक्त थियो। अशक्त सो बाघ उपचारका क्रममा म(यो। सामान्य घाउचोट लागेको सो बाघ फोक्सोमा देखिएको संक्रमणका कारण मरेको निकुञ्जले जनाएको छ।

दुई घटनापछि गरिएको प्राविधिक अनुगमबाट यतिखेर निकुञ्जमा बुढा तथा अशक्त ९रोगी० बाघ वा अन्य वन्यजन्तुको संख्या बढेको कर्मचारीको अनुमान छ। बाघले सफा पानी मात्र खाने निकुञ्जका वन्यजन्तु चिकित्सक चित्रबहादुर खड्काले बताए। ‘बाघले मासुमा लटपटिएको वस्तुमात्र खाने गर्छ,’ उनले भने, ‘प्लास्टिक खाएका मृग प्रजातिका जनावर बाघले खाएमा बाघ संक्रमण र रोगी हुन्छ।’ दूषित पानीकै कारण बाघमा रोगको संक्रमण बढेको निकुञ्ज स्रोतले बतायो। प्लास्टिक र महिलाले प्रयोग गरेको प्याड खाएमा बाघलाई फोक्सोमा संक्रमण हुने र क्यान्सर हुन सक्छ। ‘प्लास्टिक, महिलाले प्रयोग गरेको प्याड र दूषित पानी नै दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण देखिनुको मुख्य कारण हो,’ उनले भने।

पछिल्लो समय आकर्षक पर्यटक गन्तव्यका रूपमा परिचित चिसापानी पुलमा दैनिक हजारौं संख्यामा पर्यटक पुग्ने गरेका छन्। माछाको परिकारका लागि प्रसिद्धि कमाएको सो क्षेत्रमा ठूला–ठूला होटल सञ्चालनमा ल्याइएका छन्। सिद्धार्थ ग्रुपले पनि सुविधा–सम्पन्न होटल सञ्चालन गरेको छ। तर चिसापानीमा सञ्चालित कुनै पनि होटलको ढल व्यवस्थापन गरिएको छैन। स्थानीयले बजारको ढल तथा फोहोर सोझै कर्णाली नदीमा मिसाउने गरेका छन्।

चिसापानी पुग्ने जो कोही पनि नदीमा नुहाउने जाने गर्छन्। पाँच सय घरधुरीमा बसोबास रहेको चिसापानीका स्थानीयको कपडा धुने, नुहाउने स्थल पनि कर्णाली नदी नै हो। यसरी दैनिक सरसफाइसहित ढलको पानी सोझै कर्णाली नदीमा मिसिने भएकाले त्यसको प्रत्यक्ष असर बर्दिया निकुञ्जका दुर्लभ वन्यजन्तुमा परेको छ। प्रदूषणका कारण रोागको संक्रमण बढ्दा दुर्लभ वन्यजन्तुको संरक्षणमा चुनौती पनि थपिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले विस्तार गरेपछि बर्दियामा बाघको संख्या बढेको छ। बाँके राष्ट्रिय निकुञ्ज विस्तार भएपछि बाघको बासस्थान बढेको निकुञ्जले जनाएको छ। बाघका लागि निर्बाध रूपमा हिँड्ने टेरिटोरी ९क्षेत्र० बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघ संख्या बढेको छ। देशकै कान्छो बाँके निकुञ्जमा बाघ संख्या २१ वटा पुगेको छ। पछिल्लो समयमा निकुञ्जभित्र बाघको संख्या बढ्दै गएपछि पूर्व–पश्चिम राजमार्गको अम्रेनी र चिसापानी पोस्टनजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन्।

चिसापानीमा मानवीय अतिक्रमण बढेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘चिसापानीमा डुंगाबाट गर्ने फिसिङ ९माछा मार्न० पूर्ण रूपमा रोक लगाएका छौं,’ उनले भने, ‘कारबाही गर्ने क्रममा डुंगा नियन्त्रणमा लिएका थियौं तर स्वच्छ नदीमा बढिरहेको मानवीय अतिक्रमण बढिरहेको छ।’ उनका अनुसार अतिक्रमण गरेर बसेको बस्तीका कारण नदी व्यवस्थापन गर्न सकिएको छैन। निकुञ्जमा आर्थिक वर्ष २०७४/०७५ मा पाँचवटा र २०७५/०७६ मा दुईवटा गरी ७ वटा गैंडा मरेका छन्। निकुञ्जले बबई क्षेत्रमा जंगली जनावरले खाने पानीका लागि ८६ वटा पोखरी खने पनि पर्याप्त छैन। पछिल्लो गणनामा गैंडाको संख्या ३५ भएको रेकर्डमा देखिन्छ। तर, अघिल्लो वर्ष गैंडा गणना नभएकाले निकुञ्जसँग गैंडाको यकिन तथ्यांक छैन।

नदीमा देखिँदैनन् डल्फिन
कर्णाली नदी चिसापानीदेखि दुई भँगालोमा विभाजित भएको छ। एउटा भँगालो कैलालीतर्फ बगेको छ भने अर्को भँगालो गेरुवा नदीका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्छ। एक दशकअघिसम्म गेरुवा नदी डल्फिन हेर्ने गन्तव्यको रूपमा परिचित थियो। कोठियाघाट, मनाउँघाट, निकुञ्जभित्र पर्ने विभिन्न स्थानमा प्रशस्तै मात्रामा डल्फिन थिए। तर यतिबेला गेरुवा नदीबाट डल्फिन लोप भएको छन्। नदीमा बढ्दो मानवीय अतिक्रमण र प्रदूषणका कारण डल्फिन लोप भएको विज्ञहरू बताउँछन्। ‘एक दशकअघिसम्म गेरुवा नदीमा प्रशस्त मात्रामा सफा पानी बग्थ्यो,’ पूर्वसंरक्षण अधिकृत रमेश थापाले भने, ‘तर यतिबेला गेरुवामा पानी पनि कम बग्छ, मानवीय दोहनले नदी प्रदूषित बन्दै गएको छ। प्रदूषण बढेकाले माछा र डल्फिन लोप हुँदै गएका छन्।।’

मानव र वन्यजन्तुबीच द्वन्द्व
मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्वले दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण तीनजनाको मृत्यु भएको छ। गाउँलेको पासोमा परेर दुईवटा बाघको मृत्यु भएको छ। यसैसाता सूर्यपटुवामा विद्युतीय धरापमा पर्दा एउटा जंगली हात्ती घाइते भएको थियो। वन्यजन्तुले बेलाबेलामा गाउँ घरमा पसेर गर्ने बिज्याइँ र मानिसले आफूहरूलाई बचाउनका लागि गर्ने प्रयासले दुर्लभ वन्यजन्तु र मानिसको द्वन्द्व बढेकोे छ।

निकुञ्ज छेउछाउ, सामुदायिक वनका जंगली जनावर र गाउँ–बस्तीमा पसेर गर्ने आक्रमणको त्रास मानिसलाई जति छ त्यति नै आफ्नो रक्षाका लागि स्थानीयले ज्यान जोगाउन अपनाउने घरेलु प्रविधिवाट दुर्लभ वन्यजन्तुलाई जोखिम बढिरहेको छ। दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौति बढिरहे पनि बस्तीमा छिर्न सक्ने ठाउँमा अव्यवस्थित रूपमा रहेको विद्युतीय तारबारका कारण वन्यजन्तु र स्थानीयको अकालमा मृत्यु हुने गरेको छ।

विद्युतीय तारबार लगाएको प्रभावकारी उपयोग गर्न सके मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुने प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्। ‘बस्ती पसेको वन्यजन्तु भगाउने प्रयास गर्दा आक्रमण गर्न सक्छ। मानवीय त्रुटिका कारण मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको हो,’ बरालले भने, ‘नगदे बाली जोगाउन किसानले विद्युत प्रवाह गर्छन्, जसमा परेर ज्यान गुमाउने वन्यजन्तुलाई जोगाउनु चिन्ताको विषय बनेको छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।