७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

भीडलाई ‘डेंगु फोबिया’

भीडलाई ‘डेंगु फोबिया’
अ+ अ-

काठमाडौँ । आँखा रातो र हल्का दुख्ने भएपछि नयाँ बजारकी आकांक्षालाई रातभरि निद्रा लागेन । बेस्सरी टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण नदेखिए पनि आफूलाई डेंगु नै भएको हो भनेर उनी चिन्तित भइन् । आँखा दुखेकै भरमा डेंगुको शंका लिएर उनी टेकुस्थित सरुवा रोग अस्पताल पुगिन् ।

चिकित्सकले डेंगु होइन, भइहाले पनि डराउनुपर्ने छैन भनेपछि मात्रै उनले ढुक्कको सास फेरिन् ।

‘डेंगु लागेपछि बाँचिँदैन होला भन्ठानेर आत्तिँदै अस्पताल आएँ,’ उनले भनिन्, ‘खबर हेर्दा–सुन्दा त्यसै त्यसै शंका हुने रहेछ ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार दिउँसो मूल गेटदेखि नै जँचाउन आउनेको बाक्लो भीड थियो ।

टिकट काउन्टर, ओपीडी र आकस्मिक कक्षदेखि अस्पताल परिसर कतै खाली थिएन । आकस्मिक कक्षको एउटै बेडमा दुई जना बिरामी राखिएका छन् । ओपीडीमा लामो लाइन थियो भने रगत परीक्षण गर्ने ठाउँमा पालो कुर्ने र रिपोर्ट पर्खिएर उभिएकाको ठेलमठेल थियो । अस्पतालमा गत सातायता दैनिक करिब ५ सय जना आइरहेका छन् । जँचाउन आउनेमध्ये डेंगु नै भएका बिरामीको संख्या भने निकै कम छ । धेरै जना डेंगु नभई शंकाले डराएर अस्पताल आइरहेको चिकित्सक बताउँछन् ।

भीडको त्रास हटाउन स्वास्थ्यकर्मी बिहान ८ बजेदेखि दिनको १२ घण्टा लगातार जाँचिरहेका छन् । ठाउँ अभाव भएपछि अस्पतालभित्र ग्यारेज र खुला ठाउँको प्रयोग गरेर पनि चिकित्सकले सेवा दिएका छन् । पछिल्लो समय देशैभर डेंगु संक्रमणको प्रकोप बढेपछि अधिकांशलाई ‘डेंगु फोबिया’ ले समातेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले बताए ।

‘लक्षण लिएर आएका ३० प्रतिशतमा फोबिया देखिएको छ,’ उनले भने, ‘डेंगु लागेपछि ज्यानै जान्छ भन्ने त्रास छ उनीहरूमा ।’ फोबिया लिएर आएकालाई चिकित्सकले परामर्श दिँदै पठाइरहेका छन् । परामर्शबाट पनि ढुक्क हुन नसक्नेलाई भने डेंगु परीक्षण नै गराउन लगाइएको छ ।

डेंगु सामान्य भाइरल जस्तै एक प्रकारको भाइरस संक्रमण भएकाले आत्तिनु नपर्ने डा। बाँस्तोला बताउँछन् । ‘लक्षण देखिएमा घरमै आराम गर्ने र पारासिटामोल अनि झोलिलो खानेकुरा खाएमा हराएर जान्छ,’ उनले भने, ‘जटिलता नआएसम्म अस्पताल पनि आउनु पर्दैन ।’ डेंगु सामान्य भाइरल मात्रै हो भन्ने जनचेतना नहुँदा बिरामीभन्दा त्रास बढिरहेको उनले बताए ।

‘७ दिनभन्दा बढी ज्वरो आए, शिथिलता भएमा मात्रै गम्भीर हुनुपर्छ, औषधि चलाउनुपर्छ,’ उनले भने, ‘तर यस्ता जटिलता निकै कम, ७ प्रतिशतभन्दा कमलाई मात्रै हुने गर्छ ।’ कडा रोगका बिरामी, वृद्धवृद्धा र गर्भवती महिला जोखिममा रहेको उनले बताए । डेंगु संक्रमणका कारण बेस्सरी मांसपेशी दुख्यो भन्दैमा दुखाइ कम गर्ने औषधि आफूखुसी खान नहुने उनको सल्लाह छ ।

अस्पतालमा अहिले डेंगुका १ सय २१ बिरामी भर्ना भए पनि कसैमा पनि जटिलता नभएको उनले बताए । टाढाबाट आएका बिरामीको डर नै कम गर्नका लागि भए पनि अस्पतालले भर्ना दिने अनि सामान्य औषधि र परामर्श दिएर डिस्चार्ज गर्ने गरेको छ । हालसम्म एक जना बिरामीलाई मात्रै आईसीयूमा राख्नुपर्ने स्थिति आएको अस्पतालले जनाएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।