७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मलेसिया रोजगारी फुक्ला त गाँठो ?

मलेसिया रोजगारी फुक्ला त गाँठो ?
अ+ अ-

काठमाडौं । करिब १६ महिनादेखि रोकिएको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच मंगलबारदेखि छलफल सुरु भएको छ।

मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा सुरु संयुक्त कार्यदल ९जेडब्लुजी० को पहिलो दिनको बैठकले रोजगारी सुचारु गर्नेबारे कुनै निर्णय गर्न सकेको छैन। लामो विवाद र रस्साकस्सी बीच सुरु भएको छलफलले मलेसिया रोजगारीको गाँठो फुकाउला त भन्ने चासोका रुपमा हेरिएको छ।

नेपालको तर्फबाट सहभागी टोलीका सदस्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट गरेका एक सय २२ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने धारणा राखेका थिए। मलेसियाली टोलीले वर्षमा एकदेखि डेढ लाख कामदार आपूर्ति गर्ने मुलुकमा त्यति धेरै स्वास्थ्य संस्था नचाहिने पुरानो अडान दोहोर्याएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।

१६ महिनाअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३७ संस्थाले गर्दै आएका थिए। मन्त्रालयले ती संस्थाले स्वास्थ्य परीक्षण गर्दा सिन्डिकेट भएको दाबी गर्दै मलेसिया कामदार पठाउने प्रक्रिया अवरुद्ध पारेको थियो।

त्यतिखेर मलेसिया जाने कामदारको राहदानी संकलनको जिम्मेवारी पाएको भिएलएनरओएससी तथा अध्यागमन सुरक्षाका लागि श्रमिकको औंठाछाप लिने गरेको आइएससीलाई मन्त्रालयले ठगी गरेको अभियोग लगाएको थियो। पछिल्लो समयमा अदालतले ती संस्थालाई ठगी नगरेको भन्दै सफाइ दिइसकेको छ।

मलेसिया रोजगारी सुचारु गर्नेबारेको बैठकमा नेपाली टोलीको नेतृत्व गरेका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले पहिलो दिनको छलफल सुरुवाती मात्र भएको नागरिकलाई बताए। ‘बुधबारको छलफलमा केही सहमति होला भन्ने अपेक्षा गरेका छौं,’ उनले टेलिफोनमा भने।
स्रोतका अनुसार नेपाली टोलीले मलेसियन पक्षलाई श्रमिकको स्वास्थ्य परीक्षण गर्न एक सय २२ संस्थालाई अनुमति दिन माग गरेको थियो। तर, मलेसियन अधिकारीहरूले तत्काल पुरानै ३६ संस्थाले स्वास्थ्य परीक्षणको काम गर्ने र अन्य संस्थालाई दिनेबारे विस्तारै अनुगमन गरी निर्णयमा पुग्ने जवाफ फर्काएका थिए।

सन् २०१५ देखि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ संस्थामध्ये एउटा संस्था मन्त्रालयको अनुगमनको क्रममा बन्द रहेको पाइएपछि सूचीकरण हुन सकेको थिएन। विगतमा पनि तत्कालीन सरकारले सूचीकरण गरेका एक सय ६० स्वास्थ्य संस्थामध्ये ३७ वटालाई मलेसिया सरकारले आफ्नो मापदण्ड अनुसार छनोट गरेको थियो। भिएलएनरओएससी र आइएससीलाई निरन्तरता दिनेबारे यसअघि नै सहमति भइसकेको छ। बैठकमा मलेसियाको तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका उपसचिव बेट्टी हसनले नेतृत्व गरेका छन्।

दुई खर्ब घाटा
१६ महिनादेखि मलेसिया रोजगारी बन्द हुँदा नेपालले करिब दुई खर्ब रुपैयाँ रेमिटेन्स गुमाएको छ। मलेसिया रोजगारी सुचारु हुँदा वर्षमा दुई खर्ब हाराहारी रेमिटेन्स आउने गरेकोमा अहिले त्यो निकै घटेको छ। आर्थिक वर्ष ०७५/७६ मा मलेसियाबाट ७२ अर्ब रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यो रेमिटेन्स विगतमा गइसकेका कामदारले पठाएको हो।

१६ महिनासम्म कामदार मलेसिया जान नपाएपछि कम्तीमा दुई खर्ब रेमिटेन्स गुमेको अनुमान गरिएको छ। यद्यपि अहिले कामदार मलेसिया जान नपाएको असर अर्को वर्षको रेमिटेन्समा देखिने विज्ञहरू बताउँछन्। विगतको हाराहारीकै तथ्यांकलाई आधार मान्दा १६ महिनाको अवधिमा कम्तीमा एक लाख ५० हजार कामदार मलेसिया जाने देखिन्छ। तर, यसबीचमा बिदामा घर आएका र बन्द हुनुअघि नै कलिङ भिसा लिएकासहित ४२ हजार मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

यसरी रोकिँदै आएको छ मलेसिया
२०७५ को जेठ २ मा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्थाले कामदारसँग अतिरिक्त रकम लिएको भन्दै श्रमिक पठाउन बन्द गरेपछि धेरैले त्यस्तो निर्णयलाई स्वागत गरेका थिए।

किनकि रोजगारीमा जानुअघि नै एउटा कामदारले करिब १८ हजार रुपैयाँ खर्च गर्थे। कुनै कारणले श्रमिकको मलेसिया रोजगारी असफल भयो भने त्यो रकम गुम्थ्यो। म्यानपावरलाई बुझाउने शुल्क र कामदारको बसाइ तथा आवातजावत खर्च त्योभन्दा फरक हुने भएकाले मलेसिया जाने कामदारको खर्च कम्तीमा एक लाख रुपैयाँ पुग्थ्यो।

यस्तो बेला खाडी लगायत मलेसिया जाने कामदारसँग म्यानपावरले १० हजार रुपैयाँभन्दा बढी रकम लिन नपाइने सरकारको नियम थियो। जसले गर्दा जेठ २ पछि अधिकांशको जोड मलेसियासँग श्रम समझदारी ९एमओयू० गर्नुपर्ने र कामदारको खर्च रोजगारदातालाई बेहोर्न लगाउनुपर्ने थियो।

मन्त्रालय र सरोकारवालाको प्रयासस्वरुप गएको कात्तिक १२ मा मलेसिया र नेपालबीच एमओयू भयो। विगतमा एमओयू गर्न खोज्दा अनेक बहाना गर्दै आएको मलेसियाले कामदार रोकिएपछि मानव संशाधनमन्त्री एम कुलासेगरनलाई काठमाडौं पठाएर एमओयूमा हस्ताक्षर ग(यो।

एमओयूमा मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाताले बेहोर्ने सहमति गरियो। कामदार मलेसिया जान थालेको करिब दुई दशकपछि एमओयू हुन सक्नु नेपाली श्रमिकका लागि उपलब्धिमूलक भए पनि त्यसयता मन्त्रालयले अनेक बहानामा रोजगारी सुचारु गर्न आलटाल गरेपछि आलोचित बन्दै आयो।

एमओयूपछि रोजगारी सुचारु गर्न काठमाडौंस्थित मलेसियन राजदूतावासले पुत्राजयलाई हवाला दिँदै दुईपटक पत्राचार समेत गर्यो। तैपनि मन्त्रालयले त्यस्तो पत्रमा सहमति जनाउनुको साटो आफूले चाहेका संस्था (भेन्डर) लाई काम दिनुपर्ने अडान राख्यो।

विगतदेखि नै काम गर्दै आएका संस्था मलेसियन सरकारको मापदण्ड अनुसार र नेपालको स्वीकृतिमा सुरु गरिएकाले नयाँ आवश्यक नपर्ने मलेसियाको अडान तथा मन्त्रालयले पुराना संस्थाले गर्दै आएको काम नयाँले पाउनुपर्ने माग राख्दा समय गुज्रिरहेको छ।

यसैबीच केही म्यानपावर व्यवसायीले मन्त्रालयलाई प्रभाव पारी कामदारसम्बद्ध भेन्डर हत्याउने चलखेल गरेको आरोप लाग्यो। नीति निर्माण तहमा रहेका व्यक्तिहरु नै काम कसलाई दिनेरनदिने खेलमा लागेको सुइँको पाएको मलेसिया सरकारले कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने भइसकेपछि भेन्डर फेर्न नसकिने अडान लियो।

दुई महिनाअघि मलेसियाले पठाएको स्वास्थ्य संस्थाको मापदण्ड अनुसार मन्त्रालयले पुनः अनुगमन गरेर एक सय २२ लाई सूचीकरण गरेपछि दुई देशको दोस्रो संयुक्त कार्यदल को बैठक बस्न सकेको हो। कार्यदलको पहिलो बैठक एमओयूमा हस्ताक्षर भएलगत्तै कात्तिक १२ मा काठमाडौंमा बसेको थियो।, समाचार नागरिक दैनिकमा प्काशित छ ।