३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अछाममा जंगली बँदेलको आक्रमणमा परि पटक–पटक नागरिक घाइते भइरहेकाच घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नबनेको बताउनु भयो ।

जंगली बँदेलले किसानको बालीनालीमा क्षति पु¥याउने मात्र नभई मानिसको ज्यान लिनेसम्मका घटना भइरहेकाले तत्काल रोकथामका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद बोगटीले बुधवार बिहान मात्रै बँदेलको आक्रमणमा परी अछाममा थप पाँच जना घाइते भएको समेत उल्लेख गर्नुभयो । बाँदर र बँदेलले खेतीबाली नष्ट गरिदिँदा किसानहरु हैरान भएको तथा विस्थापित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

उहाँले जंगली जनावरको आतंक नियन्त्रको लागि तत्काल काममा जुट्न समेत सरकारलाई आग्रह गर्नुभयो ।