काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुव्र्यसनी भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कैलालीको खुला सीमा र जंगली क्षेत्रमा लागुऔषधको कारोेबार हुने गरेको उल्लेख गर्नुभयो ।
उहाँले लागु औषध दुव्र्यसनका कारण हजारौँ युवाहरुको जीवन बर्बाद भइरहेकोतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो । लागुऔषध दुव्र्यशनीमा फसेका युवाहरुका कारण समाजमा चोरी, डकैती, झैझगडा, लुटपाट जस्ता घटनामा भएको भन्दै उहाँले त्यसको नियन्त्रणकाल लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘कैलालीमा मेरो क्षेत्रमा पछिल्लो समय जंगल क्षेत्रमा लागु औषध दुव्र्यसनी भयावह र व्यापक भएको गुनासो आएको छ । त्यहाँ लागु औषधमा परेर युवाहरुबीच झैझगडा समेत बढाएको छ । यसतर्फ सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, धन्यावाद ।’
लागुऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रणमा सक्रियता बढाउनुपर्नेमा उहाँको जोड छ ।











