२४ असार २०८३, बुधबार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गमा फोहोर थुपारेर विरोध



अ+ अ-

बनेपा । बनेपामा नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा समय–समयमा फोहोरको विषयले चर्चा पाइरहने गरेको छ। बनेपाको मुख्य चुनौती बनेको फोहोर व्यवस्थापन जनप्रतिनिधि आएपछि समाधान हुने आशा गरिएको थियो तर फाहोरको समस्या अझै समाधान हुन सकेको छैन

दुई सातादेखि फोहोर लिन नगरपालिकाको ट्रक नआएपछि बनेपा–८ का स्थानीय मंगलबार विरोध प्रदर्शनका लागि फोहोर बोकेर सडकमा पुगेका थियो । नगरपालिकाले फोहोरको नाममा मासिक रकम उठाएको तर फोहोर पनि लिन ट्रक नआएपछि राजमार्गमा फोहोर फालेर विरोध जनाएको स्थानीयको भनाइ छ।

फोहोर फालेपछि मंगलबार अरनिको राजमार्ग केही घण्टा अवरुद्ध भयो । सवारी चापसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । स्थानीयले राजमार्गमा फालेको फोहोर नगरपालिकाले ३ घण्टा छि उठाएपछि स्थिति सामान्य बन्यो।

केहि महिनादेखि नगरपालिकाको फोहोर डम्पिङ गर्ने आईटीपार्कमा धुलिखेल नगरपालिका र पनौती नगरपालिकाले फोहोर डम्पिङ गर्न नदिएपछि समस्या उत्पन्न भएको हो। तीन नगरपालिकाको सिमानामा पर्ने आईटीपार्कमा फोहोर फाल्न नपाएपछि बनेपा नगरपालिकाको फोहोर नुवाकोट सिसडोलसम्म पुर्याएर फाल्ने गरेको थियो ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।