• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ‘क्याथेटर’ निकालियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ‘क्याथेटर’ पाइप निकालिएको छ । बुधबार बिहान मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको घाँटीमा राखिएको पाइप निकालिएको हो ।

मिर्गौलासम्बन्धि एन्टिबडी बढेपछि उपचारका लागि ओली भदौ ५ गते सिंगापुर गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था ठिकै देखिएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालले प्रधानमन्त्री ओलीको प्लाज्मा फेरिसिसको क्याथेटर घाँटीमा राखिएको थियो । उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यही पाइप निकाल्न आउनु भएको हो ।’ ७ पटक प्लाज्मा फेरिसिस गरेर ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।