काठमाडौँ। नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ ।
कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सहकार्यले विद्यालयस्तरमा करातेको प्रवद्र्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) का प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
विद्यालय खेलाडीहरूका लागि ग्रासरुट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका च्याम्पियन खेलाडी उत्पादनमा जोड दिइने महासचिव कार्कीले बताए ।











