७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पाइपलाइनको सफलतापछिको उमंग

पाइपलाइनको सफलतापछिको उमंग
अ+ अ-

काठमाडौं । बहुप्रतिष्ठित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ । दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ भित्रने कार्यको सफलतासँगै आम जनतामा केही राहतको अनुभूति हुन थालेको छ । यो कार्यको सफलतासँगै सरकार पनि केही हदसम्म सफल भएको देखिएको छ भने जनतामा उमंग देखिएको छ ।

सरकारले निर्धारण समयभन्दा पहिला नै यो परियोजना सकेर राम्रो सन्देश दिएको छ । ३० महिनाको लक्ष्य राखिएको यो परियोजना १८ महिनामा नै सकेर नेपाल आयल निगमको नेतृत्वले उदाहरणीय सफलता हासिल गरेको छ । पाइपलाइन सञ्चालनमा आएसँगै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यसमेत घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा २–२
रुपैयाँ घटाइएको छ । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी खर्चमा निकै कटौती हुनेछ । जसका कारण पेट्रोलियम पदार्थमा मूल्य अझै घटेर जानेछ । पेट्रोलियम पदार्थमा जति मूल्य घट्यो त्यति नै मात्रामा जनताले राहतको अनुभूति गर्दै जानेछन् । यसरी, जनतालाई राहतको अनुभूति दिलाउने कार्यमा सरकारका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ ।

भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने योजना सन् १९९५ देखि नै सुरु भएको हो । तर, त्यसयता बनेका सरकार अस्थिर हुँदा सो योजना कार्यान्वयनमा आउन सकेको थिएन् र अस्थिर सरकारले त्यस्ता महइभ्वपूर्ण योजनालाई कार्यान्वयनमा ल्याउने तदारुकता पनि देखाउन सकेनन् । जसका कारण समग्र देश र जनताका लागि हित पुर्याउने सो योजना वषार्सै म्म अलपत्र रहदै आयो। विगतका अस्थिर सरकारले यस्ता कैयौ योजनालाई व्यावहारिक रूप प्रदान गर्न नसक्दा मुलुकले धेरै अवसर गुमाउँदै आएको वास्तविकता हामीसँग छ । लामो समयपछि मुलुकले स्थिर सरकार पाएको छ । यही स्थिर सरकारकै कारण अन्तरदेशीय पाइपलाइको योजना पनि सफल हुन सकेको हो । त्यसैले विकास र समृद्धिको लागि राजनीतिक स्थिरतासहितको स्थायी सरकार आवश्यक पर्ने रहेछ भन्ने पुष्टिसमेत यो परियोजनाको सफलताले गरेको छ ।
विगतमा सानातिना समस्याले पनि सातौ दिनसम्म पेट्रोलियम पदार्थको अभाव हँुदा सिंगो मुलुक र मुलुकवासीले धेरै प्रकारका समस्या भोग्न बाध्य हुने गरेका थिए ।

पाइपलाइनबाट पेट्रोल आउने प्रणालीको विकास भएसँगै अब पेट्रोलियमको अभावसम्बन्धी समस्या सधैका लागि अन्त भएको छ । भारत र नेपाल एक असल छिमेकी राष्ट्र भएकाले यी दुई देशको सम्बन्ध सदियौ वर्षसम्म सुमधुर र आत्मीय हुन जरुरी छ । यही सुमधुर सम्बन्धको जगमा एक देशले अर्को देशलाई आवश्यकताअनुसार सहयोग र सद्भाव दर्शाउन दुवै
पक्ष चुक्नु हुँदैन । नेपालले त कुटनैतिक प्रयासमार्फत विकास र समृद्धिका लागि भारत सरकारबाट धेरै सहयोग जुटाउन सक्नुपर्छ । यस्तै, सहयोग अन्य मित्रराष्ट्रबाट पनि जुटाउन सक्नुपर्छ । पाइपलाइन भारतबाट नेपाल ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सिंगो भारतीय सरकारले खेलेको भूमिका पनि प्रसंसनीय छ । भारतबाट ल्याइएको यो पाइपलाइन प्रणालीलाई निरन्तरता दिनुपर्छ । कुनै पनि बहानामा यो प्रणालीलाई टुट्न दिनु हुँदैन । सरकारले यसरी नै जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी विकास र राहतका अन्य योजना र कार्यक्रम पनि सफल बनाउन सक्नुपर्छ । यसो गर्न सकिएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेका मूल्य र मान्यता सहज रूपमा जनताको घरदैलोमा पुर्याउन सकिन्छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।