७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

डेंगुबाट बच्न नरिवलको तेल दलौ, सानो लापरबाहीले ज्यान जानबाट सजग होऔं : मेयर शाक्य

डेंगुबाट बच्न नरिवलको तेल दलौ, सानो लापरबाहीले ज्यान जानबाट सजग होऔं : मेयर शाक्य
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरमा डेंगु रोग लागेर उपचारका लागि अस्पताल जाने बिरामीको संख्या दिन प्रतिदिन बढ्दो छ। जनचेतनाको अभावका कारण डेंगुको संक्रमण बढिरहेको छ।

सबैभन्दा पहिलो र करिब ४० लाख जनसंख्या भएको काठमाडौं महानगरपालिकाभित्र डेंगुको संक्रमण देख्नासाथ हामीले महानगरको जनस्वास्थ्य विभागको समन्वयमा सबै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं।

म आफै सहभागी भएको र्यालीमा जनतालाई सचेत गराएको छु। वास्तवमा भयावह रूप लिएको डेंगुलाई नियन्त्रण गर्न स्थानीय निकायहरू सक्षम छन्।

हामीलाई बजेट चाहिएको छैन, केवल चिकित्सकको सल्लाहअनुसार काम गर्न पाए यसलाई सजिलै नियन्त्रण गर्न सक्ने देखेका छौं।

लामखुट्टेबाट बच्ने उपाय खोजेमा मात्रै पनि डेंगु रोग लाग्नबाट जोगिन सकिन्छ। घरमा गमलामा पानी नजमाउने, पानी सफा भए पनि जमाएर नराख्ने, घरवरपरका करेसाबारी सफा गर्ने, पानी जमेको स्थानमा तत्काल घरेलु विधि अपनाएर सफा गरेमा मात्रै पनि डेंगु सर्दैन।

त्यसैले हामीले महानगरभित्र रहेका सबै स्वास्थ्य स्वयंसेवी, चिकित्सकलाई प्राथमिक विधिबारे घर–घरमा पुगेर जानकारी दिन आग्रह गरेका छौं। सबै वडाले दैनिकजसो जनचेतना र्याली निकालेका छन्।

घर–घरमा गएर डेंगु रोग लाग्न सक्ने कारण र बच्ने उपायका बारेमा जानकारी दिने गरेका छौं। तत्काल डेंगु नियन्त्रण गर्न सरकारले तत्काल विशेष पहल थाल्नुपर्छ।

अस्तिबाट इन्द्रजात्रा शुरू भएको छ। इन्द्रजात्रा अवलोकन गर्न आउने स्थानीयलाई डेंगु लाग्नबाट बच्न विभिन्न विधि सिकाएका छौं।

अहिले सबैले ओडोमस लगाए निको हुन्छ भन्ने प्रचार गर्न थालेका छन्, लगातार ओडोमस लगाउँदा पर्ने असरबारे कसैले बताएका छैनन्। मैले भन्नुपर्दा घरवरिपरि सफा राख्ने, पानी जमेको ठाउँमा तत्काल पानी जम्न नदिने गर्दा पनि डेंगु नियन्त्रण हुन सक्ने विषयमा जानकारी गराएका छौ।

खोलाकिनारका बस्तीका बासिन्दालाई रोग लाग्न नदिने उपायका बारेमा तत्काल जानकारी दिन वडास्तरमै काम शुरू गरिरहेका छौं। ठाउँ–ठाउँमा औषधि स्प्रे गर्न थालेका छौं। तर, त्यो औषधिले डेंगु रोग सार्ने लामखेट्टे मार्छ कि मार्दैन भन्नेबारे कसैलाई जानकारी छैन।

नेकपा जनस्वास्थ्य विभाग प्रमुख एवं सांसद कृष्णगोपाल श्रेष्ठको सल्लाहमा विभिन्न वडामा मट्टीतेल र फिनेल छर्कन थालेका छौं। केले गर्दा डेंगु रोगको संक्रमण हुन सक्दैन भन्ने ज्ञानको अभावले गर्दा समस्या परेको छ।

तर महानगरपालिका यो विषयमा अत्यन्तै गम्भीर छ। सबैभन्दा बढी डेंगुको संक्रमण देखिएको १५ वडामा विशेष जनचेतना अभियान व्यापक बनाएका छौं। सबै वडामा स्थानीय क्लब स्वयंसेवक, विभिन्न समितिमार्फत जनचेतना दिइरहेका छौं।

महानगरभित्र विष्णुमती, टुकुचा, धोबीखोला, बागमती, इच्छुमतीलगायतको खोलावरपर बस्ने स्थानीयलाई डेंगु देखिन थालेको हामीले जानकारी पाएका छौं। ती वडामा चिकित्सकसहितको टोलीले विभिन्न चरणमा काम गरिरहेका छन्।

तथ्याङ्कअनुसार महानगरको मुख्य शहरको वडा नम्बर १२, १३, १५, १६, २६, २१, २२, २५ र २७ मा डेंगुको संक्रमण देखिएको छ। अहिले ती वडाका स्थानीय बासिन्दाको सहभागितामा इन्द्रजात्रा मनाउन लागिएको छ।

गएको साउन २७ गते महानगरको वडा १५ मा पर्ने चमती क्षेत्रमा पहिलोपटक तीन जनामा यो समस्या देखिएको थियो। म मात्रै होइन उपत्यकाकै सबै स्थानीय तहले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छौं।

स्थानीयबासी सचेत नभएसम्म रोग नियन्त्रणको प्रयास गर्न सकिँदैन, त्यसैले सबै सरोकारवालाको साथ र सहयोगमा डेंगुबारे जानकारी दिन थालेका छौं। हामीले स्थानीयबासीको घर–घरमा पर्चा पुर्याएका छौं।

विभिन्न निकायको सहयोगमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं। सरसफाइप्रतिको सक्रियताले मात्र संक्रमण नियन्त्रणमा आउँछ। त्यसैले घर, टोल, गल्ली, चोक सफा गर्न चुना छर्कने तथा पानी जम्ने खाडल पुर्ने कामलाई महानगरले तीव्रता दिएको छ।

विशेष गरी १६ वडाको बसपार्क, विष्णुमती नदीकिनारका अधिकांश भाग, नयाँबजार टाउन प्लानिङ क्षेत्रमा संक्रमण धेरै छ।

महानगरको शहरी स्वास्थ्य जिल्ला जनस्वास्थ्य कार्यालय, वातावरण व्यवस्थापन विभाग, वडा समितिको कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविका, उपभोक्ता समिति, टोल सुधार समिति एकै ठाउँमा भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानका लागि सचेतनामूलक कार्यक्रम अघि बढाउने काम तीव्ररूपमा भइरहेको छ।

यसबाट बच्ने उपाय भनेकै, डेंगी सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्नु, त्यसका अण्डा, लार्भा, प्युपा नष्ट गर्नु नै हो, त्यसैले वासस्थान पहिचान गरी लामखुट्टे निर्मूल पार्ने काम गरेका छौं। कामपा भौतिक पूर्वाधार विकास विभागले सडकको खाल्डा पुर्ने काम थालेको छ।

अन्त्यमा, सबै नगरवासीमा मेरो अनुरोध छ, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अवलम्बन गरौं, नरिवलको तेल दल्नेदेखिका जति पनि उपाय छन् त्यसलाई प्रयोग गर्ने कुरामा आलस्यता नदेखाऔं।सानो लापरबाहीले ज्यानसम्म जानसक्ने कुरामा सजग होऔं।

(मेयर शाक्यसँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानीमा आधारित)