७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रधानाध्यापकले कुम्ल्याए कार्यालय सहयोगी लुगाभत्ता

प्रधानाध्यापकले कुम्ल्याए कार्यालय सहयोगी लुगाभत्ता
अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका कार्यालय सहयोगीको प्रोत्साहन र लुगाभत्ता प्रधानाध्यापकले खाइदिएका छन् । कृष्णपुर नगरपालिका–८ रैकवारविचुवास्थित नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार खड्काले कार्यालय सहयोगी डम्बरसिंह भाटको प्रोत्साहन र लुगाभत्ता आफैँले लिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७४/०७५ मा कार्यालय सहयोगीलाई दिएको दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता, आव ०७५/०७६ मा प्रदेश सरकारले दिएको प्रोत्साहन र संघीय सरकारले दिएको लुगाभत्ता १०/१० गरी २२ हजार रुपैयाँ प्रअ खड्काले अहिलेसम्म पनि भाटलाई दिएका छैनन् । चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि अघिल्लो दुई वर्षको लुगा र प्रोत्साहन भत्ता आफूले नपाएको भाटले बताएका छन् ।

‘मैले हेडसरसँग पटक–पटक भत्ताको रकम मागेँ,’ उनले भने, ‘तर, उहाँ भोलिभोलि भन्दै टार्नुहुन्छ ।’ आफ्नो रकम प्रधानाध्यापक खड्काले नै बुझेर खाइदिएको उनको आरोप छ । साढे सात हजार रुपैयाँ तलबमा काम गर्दै आएका भाटले प्रदेश र संघीय सरकारले दिएको रकम पनि प्रअले खाइदिएपछि विद्यालय कर्मचारी परिषद्मा पनि गुनासो गरेका छन् । ‘यहाँ प्रअ खड्काको बदमासी देखिन्छ,’ परिषद्का अध्यक्ष लक्ष्मणदत्त भट्टले भने, ‘मैले पनि प्रअलाई यस विषयमा फोन गर्दा गैरजिम्मेवारीपन देखाए ।’ तुरुन्तै कार्यालय सहयोगीको रकम नदिए कानुनी उपचार खोज्ने अध्यक्ष भट्टले बताए ।

कृष्णपुर नगरपालिकाका स्रोतव्यक्ति हिम्मतराज जोशीले प्रदेश र संघीय सरकारबाट विद्यालय सहयोगीका लागि आएको प्रोत्साहन र लुगाभत्ता विद्यालयमा खाताका समयमै निकासा भएको बताए । स्रोतव्यक्ति जोशीले नगरपालिकाबाट रकम विद्यालयमा निकासा गर्दासमेत प्रअले खर्चिएको भए वा नदिएको भए असुलिने बताए । सो विषयमा थप विद्यालयमा बुझ्ने उनको भनाइ छ ।

यसबारेमा बुझ्न खोज्दा प्रअ खड्काले बोल्न अस्वीकार गरे । कृष्णपुर नगरपालिका–८ का वडाध्यक्ष अमरसिंह बडायकले यसबारेमा बुझेर पीडितलाई न्याय दिलाउने बताए । ‘यस विषयमा दुवै पक्षसँग म बुझ्छु,’ वडाध्यक्ष बडायकले भने, ‘पीडितले पाउने रकम दिलाउँछु ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।