२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल निर्माणमा हिनामिनाको आरोप



अ+ अ-

काठमाडौं । लिसंखुपाखर गाउँपालिकाको अत्तरपुर र ठूलो धादिङ जोड्ने गौरीखोला पुल निर्माणमा आधाभन्दा बढी रकम हिनामिना भएको आरोप स्थानीयले लगाएका छन् ।
गाउँपालिकाबाट ह्युमपाइप र कजबे निर्माण गर्न २७ लाख विनियोजन गरेको थियो । जसमा चार लाख जनश्रमदानबाट पूर्ति गर्ने सम्झौता भएको थियो ।

०७६ जेठ २८ मा सम्झौता भएर १५ असारमा काम सम्पन्न भएको अस्थायी पुल निर्माणमा व्यापक घोटाला भएको जनप्रतिनिधिहरूले नै बताएका छन् । स्थानीयले हिनामिना छानबिन गर्न अख्तियारमा उजुरीसमेत दिएका छन् ।

गौरीखोला ह्युमपाइप तथा कजबे निर्माण समितिका अध्यक्ष नेत्रबहादुर श्रेष्ठले २७ लाख रकम विनियोजन भए पनि उपभोक्ता समितिले २० लाख मात्रै पाएको दाबी गरे । स्थानीयको भनाइअनुसार ह्युमपाइप र कजबे निर्माण गर्दा बढीमा १० लाख लागेको छ । बाँकी रकम सबैजनाले मिलेर लिएको उनीहरूको आरोप छ । समितिका अध्यक्ष श्रेष्ठले भने आठवटा ह्युमपाइप र मजदुर परिचालन गर्दा २० लाख खर्च भएको दाबी गरे ।

६ सय ५० जनसंख्यालाई फाइदा पुग्ने उक्त पुल निर्माणमा हिनामिना गरेर उल्टै एक सातासम्म श्रमदान गर्न लगाएको भन्दै स्थानीय आक्रोशित छन् । अनियमितता छानबिन गर्न माग गर्दै स्थानीयले गाउँपालिकाका जनप्रतिनिधिलाई बारम्बार गुनासो राख्दा पनि सुनुवाइ भएको छैन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै