२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौं । प्रदेश १ का प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै प्रमुख पतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएको खर्च थाहा पाउने नागरिकको हक भएकाले खर्च सार्वजनिक गर्न माग गरे । कार्कीले भने, ‘हामी प्रम ओलीको स्वास्थ्यलाभको कामना गर्छौँ, तर उहाँको उपचार कुन आर्थिक स्रोतबाट कति खर्चमा भयो, त्यो जान्न पाउने अधिकार नागरिकलाई छ । त्यसैले उहाँको उपचारमा भएको खर्च तत्काल सार्वजनिक गरियोस् ।’

सांसद कार्कीले प्रम ओली सिंगापुरमा उपचार गराइरहँदा धेरै ठेकेदार पैसाको मुठो बोकेर अस्पतालको बिल तिर्न पुगेको दाबी गरे । ‘ठेकेदारले प्रमको उपचार खर्च किन बेहोरेका हुन् रु कारणसहित उपचारको स्रोत प्रस्ट रूपमा सरकारले सार्वजनिक गर्नुपर्छ,’ कार्कीले भने । सांसद कार्कीले सरकारले सुशासन र भ्रष्टाचार अन्त्यका कुरा गरे पनि मन्त्रालय र कार्यालयहरूमा खुला रूपमा भ्रष्टाचार भइरहेको आरोप लगाए । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै