७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गृहमन्त्री बादलका भाइको जेलभित्रै यस्तो धन्दा, प्रहरीले समातेपछि खैलाबैला

गृहमन्त्री बादलका भाइको जेलभित्रै यस्तो धन्दा, प्रहरीले समातेपछि खैलाबैला
अ+ अ-

काठमाडौँ । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।

पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । स्रोतका अनुसार, गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ । अनुसन्धान अधिकारीले यो ‘मिलेर’ काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् । सीआईबी स्रोतले ती अभियुक्तहरूसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नुपरेको उल्लेख गर्‍यो ।

कान्तिपुरसँग सम्पर्कमा आएका अधिकांश उच्च अधिकारीहरूले नरेश पक्राउको पुष्टि गरे तर त्यसबारे खुलेर प्रतिक्रिया दिन चाहेनन् । भारतीय सेनाबाट अवकाश प्राप्त नरेशको घटनामा कुन तहसम्मको संलग्नता हो र उनले फिरौती रकम ‘डिल’ गरेका हुन् कि हैनन् भन्नेबारे सीआईबीले कुनै सूचना सार्वजनिक गरेको छैन ।

गृहमन्त्रीकै भाइ पक्राउ परेको घटना सार्वजनिक हुँदा ‘अप्ठ्यारो पर्ने’ भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ । स्रोतका अनुसार करिब एक साताअघि ब्युरोले अनुसन्धानका लागि भन्दै नरेश थापालाई महाराजगन्जस्थित आफ्नो कार्यालयमा बोलाएको थियो ।

घटनाक्रमको गम्भीरताले गर्दा नरेशलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भएपछि उनको नाम थुनुवा सूचीमा समेत चढिसकेको थियो । भाइ पक्राउ परेको विषय गृहमन्त्री थापासमक्ष तुरुन्तै पुग्यो । त्यसपश्चात् नरेशलाई बिरामी भएको कागजपत्र बनाएर प्रहरीले बोलाएको बखत उपस्थित हुने गरी हिरासतमुक्त गरेको स्रोतको दाबी छ । तर सीआईबीका उच्च अधिकारीहरू भने नरेश अझै थुनामा रहेको जिकिर गर्छन् ।

सीआईबीका प्रवक्ता एसपी दीपक रेग्मीले पक्राउ परेका पवन खड्का र सुरेन नगरकोटीलाई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा चलाउने गरी आइतबार मात्रै सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको बताए । घटनामा नरेशको संलग्नताबारेको प्रश्नमा उनले भने, ‘मलाई ठ्याक्कै यसबारेमा थाहा भएन । अर्को पिलरले गरेको अनुसन्धान हो ।’

सीआईबीमा अपराधको वर्गीकरण गरी त्यसको अनुसन्धानका निम्ति बनाइएका छुट्टाछुट्टै इकाईलाई ‘पिलर’ भन्ने गरिन्छ । जानकार स्रोतका अनुसार आइतबार सरकारी वकिलको कार्यालयमा पठाइएको मुद्दाको फाइलमा नरेशको नाम पनि समावेश छ ।

यसअघि निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न समीरमान बस्नेतलाई पक्राउ गरेर ल्याएलगत्तै निजलाई ललितपुरको नक्खु कारागार पुर्‍याइएको थियो तर समीरले जेलभित्रैबाट आफ्नो सञ्जाल चलाएको सुचना पाएपछि २०७५ असोज १५ मा उनलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो ।

समीरको सरुवालगत्तै उनकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिन् । अदालती सुनुवाइका क्रममा समीरलाई काठमाडौं झिकाइयो । त्यसपछि उनलाई काठमाडौंकै केन्द्रीय कारागार, सुन्धारा चलान गरियो । आफूले भनेअनुसारको जेल सरुवा मिलाउनका निम्ति सुरुमा समीरले पवन र सुरेनलाई खटाएको, त्यही क्रममा उनीहरूको भेट गृहमन्त्रीका भाइ नरेशसँग भएको सीआईबीका अनुसन्धान अधिकारीहरूको दाबी छ ।
उच्च स्रोतका अनुसार नरेशको सम्पर्क दुबईमा रहेका जावेद नामका अर्का व्यक्तिसँग पनि जोडिएको देखिएको छ । जावेदको पूरा नाम नखुले पनि उनी गुन्डागर्दी र फिरौतीको दुनियाँमा कहलिएर २०७२ भदौमा प्रहरी कारबाहीमा मारिएका कुमार घैंटेसँग निकट रही काम गरेका व्यक्ति हुन् । दुबईलगायत विदेशबाट इन्टरनेट कल गरी व्यवसायीलाई धम्क्याउने र नेपालमा आफ्नो सम्पर्कमा रहेका केटाहरूलाई रकम असुल्न परिचालन गर्ने काम उनले गर्दै आएको प्रहरीको भनाइ छ ।

कुमार घैंटेसँग निकट रहेका समीरमान बस्नेतको त्यही बेला जावेदसँग चिनाजानी भएको र अहिले पनि त्यो सम्पर्कलाई समीरले जेल भित्रैबाट उपयोग गरिरहेको अनुसन्धान अधिकारीहरूले बताए । ती जावेदको सञ्जालमा पनि नरेशको नाम जोडिएको पाइएको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार समीरले केही निर्माण व्यवसायीको कारोबार विवरणलगायत सूचना दिएर रकम उठाउन लगाएको बुझिएको छ । त्यही असुलीका काममा संलग्न रहेको आशंकामा पवन र सुरेन पक्राउ परेका थिए ।

दुवैलाई सुरुमा महानगरीय प्रहरी वृत्त महाराजगन्जको थुनामा राखिएको थियो । सार्वजनिक अपराधमा मुद्दा चलाएर झन्डै १८ दिन महाराजगन्ज वृत्तको थुनामा राखिएका उनीहरूलाई थप अनुसन्धानका लागि भन्दै पछि मात्रै सीआईबी पुर्‍याइएको थियो । उनीहरू पक्राउ परेको सूचना पनि लामो समयसम्म गोप्य राखिएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।