७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अस्पतालमै लामखुट्टे

अस्पतालमै लामखुट्टे
अ+ अ-

भरतपुर । चितवनलाई डेंगुले आक्रान्त बनाएको छ । जिल्लामा बुधबारसम्म ४ हजार ४ सय ४५ जनाको रगत परीक्षण गरिएको छ भने १ हजार ४ सय ६० जनामा डेंगुको संक्रमण भेटिएको छ । जिल्लाका सबै जसो अस्पतालमा थेगी नसक्नु ज्वरोका बिरामी छन् ।

सरकारी अस्पताल भरतपुर अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि मंगलबारदेखि ज्वरो क्लिनिक नै सुरु गरिएको छ । रोग लागेपछिको उपचार सेवामा जति चासो अस्पतालले दिएको छ रोग लाग्न नदिने उपायमा भने अस्पताल आफैं चुकेको देखिन्छ ।

डेंगु गराउने इडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्न रुचाउँछ । एडिस एजिप्टाई लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ । डेंगु नियन्त्रण गर्न फूल पार्न दिनु हुँदैन ।

डेंगु लागेपछि उपचार गराउन सबैभन्दा धेरै बिरामी आउने भरतपुर अस्पताल भने आफैं लामखुट्टे पाल्दै आएको छ । अस्पतालको आईसीयू ब्लक पछाडिको क्षेत्रमा डेंगु रोग सार्ने लामखुट्टेका लार्भा तथा प्युपा हुर्कने थलो बनेको छ । अस्पतालको फोहोर व्यवस्थापन गर्न बनाउन लागिएको सेग्रगेसन प्लान्ट निर्माण स्थल नै डेंगु उत्पादन हुने अवस्थामा छ । अस्पतालको यो क्षेत्रमा अस्पतालजन्य फोहोर असरल्ल फालिएका छन् । अस्पतालभित्र फोहोर

छुट्याएर राखिए पनि बाहिर खुला आकाशमुनि एकै ठाउँमा फाल्ने गरिएको छ । अस्पतालमा हालसम्म फोहोर व्यवस्थापनका लागि कुनै प्रविधि नभएकाले संकलन गरी थुपार्ने र महानगरको फोहोर संकलन गर्ने गाडीलाई जिम्मा लगाउने गरेको छ ।

डेंगुबाट जोगिनका लागि एक मात्र सर्त भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । त्यसका लागि सरसफाइ अत्यावश्यक छ । डेंगु नियन्त्रण गर्न डेंगु गराउने लामखुट्टेको लार्भा र प्युपा खोजी नष्ट गर्नुको विकल्प छैन । भरतपुर महानगर, जिल्ला स्वास्थ्य कार्यालय तथा प्रदेश स्तरीय कार्यक्रममार्फत् थुप्रै पटक खोज र नष्ट गर अभियान सञ्चालन भइरहे पनि आडैमा रहेको भरतपुर अस्पतालमा अभियान पुगेकै छैन । सानो भाँडा, प्लास्टिकका बोतल, बिर्कोमा रहेको पानीका बारेमा जिज्ञासा राख्दा अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले निर्माण प्रक्रिया चलिरहेको सो क्षेत्रमा पानी जमेको हुन सक्ने बताए ।

अस्पतालमा एक सयभन्दा बढी सरसफाइकर्मी छन् । उनीहरूलाई परिचालन गरेर अस्पताल परिसरकै खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन अस्पतालले ध्यान दिएको देखिँदैन । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु देखिएको थियो । विदेशी नागरिकमा देखिएको डेंगुको प्रमाणीकरण चितवनमा भएको हो  ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।