७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

१८ करोड कर मिनाहा गराउन परराष्ट्रमन्त्री ज्ञवालीको चलखेल

१८ करोड कर मिनाहा गराउन परराष्ट्रमन्त्री ज्ञवालीको चलखेल
अ+ अ-

काठमाडौं । मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

विगत १० वर्षमा धेरैपटक कर मिनाहा गर्न चलखेल भए पनि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीका कारण परराष्ट्रको प्रयास सफल हुन सकेको छैन। अहिले फेरि मिनाहाका लागि चलखेल सुरु भएको छ। अहिले प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन्। वित्तीय अनुशासनमा अहिलेसम्म विवादमा नआएका ज्ञवालीकै पालामा कर मिनाहाको चलखेल फेरि सुरु भएको हो।

परराष्ट्रका एक अधिकारीका अनुसार विभिन्न नियोगमा कार्यरत कर्मचारीको कर बक्यौता रहेको करिब १८ करोड रुपैयाँ मिनाहा गर्न प्रस्ताव तयार पारिएको छ। यो १० वर्षदेखिको रकम हो। अहिले यो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। अर्थले सहमति दिए मन्त्रिपरिषद्मा लगिनेछ।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रामशरण पुडासैनीले कर मिनाहाको उक्त प्रस्ताव अर्थमा आएको जानकारी दिए। ‘परराष्ट्रबाट मिनाहा गर्न प्रस्ताव आएको छ,’ पुडासैनीले बुधबार नागरिकसँग भने, ‘अहिले त्यो फाइल राजस्व महाशाखामा छ। छलफल हुन बाँकी छ।’ विगतमा मिनाहाका लागि आएका यस्तै प्रस्तावलाई अर्थले सहमति दिएको थिएन।

परराष्ट्रले तयार पारेको प्रस्तावमा १० वर्षको वैदेशिक भत्तामा लाग्ने पारिश्रमिक करको दायित्वबाट उन्मुक्ति दिन भनिएको छ। कूटनीतिक नियोगमा काम गर्ने कर्मचारीले १० वर्षदेखि यस्तो कर कट्टी नगरी सबै भत्ता बुझेका छन्। महालेखा परीक्षकको प्रतिवेदनले कर कट्टी नगरेकामा प्रत्येक वर्ष बेरुजु निकाल्दै आएको छ। महालेखाले यस्तो कर असुल गर्न भने पनि परराष्ट्रका अधिकारी यसलाई मिनाहा गर्ने र छुटको व्यवस्था गर्नेतर्फ लाग्दै आएका छन्।

परराष्ट्रले विभिन्न मुलुकमा रहेका ३७ नियोगमा कार्यरत कर्मचारीको आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्मको कर बक्यौताबापत रहेको १७ करोड ८४ लाख रुपैयाँ मिनाहा गर्न खोजेको छ। यो अवधिमा नियोगमा कार्यरत राजदूतदेखि सामान्य कर्मचारीलेसमेत कर तिरेका छैनन्।

पारिश्रमिकमा लाग्ने कर मिनाहा दिँदा कर नतिर्नेलाई प्रोत्साहन हुने र भविष्यमा कर नतिर्ने प्रवृत्तिको विकास हुने अर्थ मन्त्रालयका पूर्वसचिव बताउँछन्। ‘कूटनीतिक नियोगहरूमा बसेर राज्यलाई योगदान गर्नुपर्ने दायित्व बोकेका व्यक्तिहरु आयकर छलीमा संलग्न हुनु बिडम्बना हो,’ अर्थ मन्त्रालयका एक पूर्र्वसचिवले भने। कानुनमा नै व्यवस्था भएको विषयलाई मन्त्रिपरिषद्ले निर्णय गरी मिनाहा दिए विधिको शासन र वित्तीय अनुशासन कायम गर्न सकस हुने उनले बताए।

पूर्वअर्थसचिव शान्तराज सुवेदीले कानुन ल्याउनुअघि नै व्यापक छलफल गरेर वैदेशिक भत्तामा २५ प्रतिशत कर लगाउने व्यवस्था गरिएको बताए। उनले अहिले आएर कर मिनाहा गराउन खोज्नु गलत र कानुनविपरीत भएको टिप्पणी गरे।

लेखा समितिको अनुचित निर्देशन
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले प्रभाव र प्रलोभनमा परेर विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले वैदेशिक भत्ताबापत तिर्नुपर्ने पारिश्रमिक कर मिनाहा गरिदिन मन्त्रिपरिषद्लाई निर्देशन दिएको छ। राज्यलाई तिर्नुपर्ने कर बक्यौता फस्र्योट गर्न निर्देशन दिनुपर्ने दायित्व भएको समितिले मिनाहा गर्न निर्देशन दिनु गलत हो।

परराष्ट्र मन्त्रालयले कर मिनाहा गराउन समितिका सभापतिसहित पाँचजना सदस्य र सचिवलाई असारमा विभिन्न देश घुमाएको थियो। युरोप र खाडी मुलुकको भ्रमणबाट समितिको टोली असार २३ मा फर्किएको थियो। त्यसको एक सातामै समितिले यस्तो कर मिनाहा गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको थियो। दूतावासको अध्ययन गर्न भन्दै पराराष्ट्रले समितिका सदस्यलाई बेलायत, फ्रान्स, जर्मनी, साउदी अरेबिया र ओमन घुमाएर ल्याएको थियो। समितिका सभापति भरत शाह, सदस्यहरु चन्दा चौधरी, राजेन्द्रकुमार केसी, अमनलाल मोदी प्रेम आले र सचिव रोजनाथ पाण्डेलाई परराष्ट्रले ती मुलुक घुमाउन लगेको थियो।

विदेश भ्रमण गर्नेहरूकै जोडबलमा कर मिनाहा गराउन निर्देशन भएको समितिका एक सदस्यले बताए। समितिका सदस्य प्रदीप यादवले भने यो विषयमा आफूलाई जानकारी नभएको र आगामी बैठकमा उठाउने बताए। ‘मन्त्रिपरिषद्लाई कर मिनाहा गरिदिन समितिले निर्देशन दिनु सरासर गलत र बदमासी हो,’ उनले भनेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।