७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेकपा बैठकमा ओलीको ब्रिफिङ : ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’

नेकपा बैठकमा ओलीको ब्रिफिङ : ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्वतयारीका रूपमा रहेको संकेत नेताहरूलाई दिएका छन् ।

नेकपा एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गडबढ नभए अक्टुबरमै हुने सम्भावना छ । ‘दुई मुलुकबीचको सम्बन्ध र कतिपय दुईपक्षीय विषयमा सहमति गर्न राष्ट्रपति तहकै भ्रमण हुने सम्भावना रहेको प्रधानमन्त्रीबाट ब्रिफिङ भएको छ,’ सचिवालयका एक नेताले भने, ‘छिमेकी मुलुकहरूले नेपालसँगको सम्बन्धलाई अझै फराकिलो र मजबुत बनाउन चाहेको जानकारी प्रधानमन्त्रीले हामीलाई गराउनुभएको छ ।’

चिनियाँ विदेशमन्त्रीको दुईदिने नेपाल भ्रमणका क्रममा ठूला केही सम्झौता भएनन् । विदेशमन्त्री स्तरको भ्रमणमा झिनामसिना विषयमा मात्र समझदारी भएको भन्दै आलोचना भइरहेको छ ।नेकपा सचिवालयका ती नेताले भने राष्ट्रपति तहको भ्रमण तयारीका लागि भएकाले विदेशमन्त्रीको भ्रमणका ठूला विषयमा सहमति नभएको बताए ।

‘ठूला विषय अहिले नपर्नुको अर्थ नै राष्ट्रपतिको भ्रमणमा ती विषय टुंग्याउने भन्ने हो,’ उनले भने, ‘त्यही खालको संकेत प्रधानमन्त्रीबाट हामीले पाएका छौं ।’ चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० लगायतसँग जोडिएका ठूला केही विषयमा दुईपक्षीय सहमति हुने विदेशमन्त्री

वाङको भ्रमणअघि चर्चा भएको थियो तर ती विषय भ्रमणका क्रममा उठेनन् । सिंगापुरमा १५ दिन उपचार गराएर फर्केपछि पहिलो पटक बसेको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार भएको कुराकानी र पेट्रोलियम पाइपलाइन सुरु भएको विषय प्रवेश गराएका थिए । उनले पेट्रोलियम पाइपलाइनले नेपालको बढ्दो व्यापार घाटालाई केही राहत दिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई समेत आफूले नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । पाइपलाइन उद्घाटनका बेला भएको कुराकानीअनुसार भारत नेपालसँगको सम्बन्ध अझै मजबुत बनाउन इच्छुक रहेको ओलीको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री मोदीले मंगलबार नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका थिए । उनले पछिल्लो डेढ वर्षमा प्रधानमन्त्री ओलीसँग मात्र चार पटक भेट भएको उल्लेख गर्दै जनस्तरमा समेत सम्बन्ध बढेको दाबी गरेका थिए । भारतीय प्रधानमन्त्री मोदी नयाँ कार्यकाल सुरु भएपछि नेपाल आएका छैनन् । चीनबाट राष्ट्रपति तहकै भ्रमणको तयारी भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदी पनि भ्रमणको योजनामा रहेको कूटनीतिक वृत्तमा चर्चा छ ।

बुधबार बिहान मात्र टिचिङ अस्पतालमा सिंगापुरमा गराएको उपचारको फलोअप गराएका प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासको माथिल्लो तलामै सचिवालय बैठक राखेका थिए । उनले त्यहाँ आफ्नोस्वास्थ्य अवस्थाबारे पनि नेताहरूलाई जानकारी गराए । सिंगापुरको उपचारपछि आफूथप स्वस्थ बन्दै गइरहेको र केही फलोअप सकेपछि पूर्ण रूपमा काम गर्ने उनले जानकारी गराएका थिए ।

ओलीको ब्रिफिङपछि मंगलबार प्रदेश २ का केही जिल्लामा शपथग्रहणका विषयमा भएको विवादको प्रसंग उठेको थियो । वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपालले केन्द्रको परिपत्रभन्दा फरक तरिकाले प्रदेश इन्चार्ज र जिल्ला अध्यक्षहरूले जिल्ला कमिटीमा व्यक्तिहरू राख्दा अस्वाभाविक अवस्था सिर्जना भएको भन्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले झडपको अवस्थाले नराम्रो सन्देश गएको भन्दै केन्द्रबाटै यस विषयमा परिपत्र आवश्यक परेको बताए । केन्द्रले जिल्ला कमिटीहरू गठन गर्दा विगतका दुई पार्टी एमाले र माओवादीका निर्वाचित व्यक्तिहरूलाई प्राथमिकता दिने र निर्वाचितहरू सबै कमिटीमा नपर्ने अवस्थामा वरिष्ठतालाई प्राथमिकता दिने परिपत्र गरेको थियो तर केही जिल्लामा विगतमा निर्वाचित भएकालाई नै नसमेटी वरिष्ठताक्रमसमेत मिचेर व्यक्तिहरू छनोट गरिएपछि विवाद चर्किएको थियो ।

बुधबारको बैठकले उपनिर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको प्रवक्तानारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पार्टी एकतासँग जोडिएका यसअघि नै निर्धारित एजेन्डामाथि अर्को बैठकमा छलफल हुनेछ ।
यसअघि सिंगापुर जानुअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भनाभन भएको थियो ।

त्यसपछि बुधबार बैठकमा ओली र नेपालबीच भेट भएको थियो । उनीहरूबीच विगतको जस्तै स्वाभाविक शिष्टाचार आदानप्रदान भएको थियो । नेता नेपालले प्रदेश २ को शपथको विवादसम्बन्धी विषय मात्र उठाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।