२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ महिनामै चुहियो ५० करोडको अस्पताल भवन



अ+ अ-

काठमाडौँ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ५० करोड खर्चेर निर्माण गरेको भवन उद्घाटन गरेको एक महिना नपुग्दै चुहिन थालिसकेको छ । ठूलो पानी परेको दिन अस्पताल कर्मचारीलाई चुहिएको पानी सोर्न भ्याइनभ्याइ हुन्छ ।

गत साउन १० मा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको भवन अहिले पूर्णरूपमा सञ्चालनमा आएको छैन । भवनको माथिल्लो तलाको भित्ता र भुइ भने चुहिएको पानीले टाटेपांग्रे भएको छ । विशेषगरी आकस्मिक र ओपीडी सेवा सहज बनाउन निर्माण गरिएको यो भवनमा चुहिने समस्या मात्रै छैन । अत्याधुनिक भनेर निर्माण गरिएको भित्ता कच्चा छन् ।

आधारभूत मापदण्ड नपुर्‍याई भवन निर्माण गरिएको अस्पताल स्रोत बताउँछ । ‘एसी, जेनेरेटर र अन्य उपकरणको मूल्य हेर्दा बजारभाउभन्दा दोब्बर, तेब्बरमा खरिद गरिएको देखिन्छ । ‘जडान गर्ने भनिएका उपकरण आधा मात्रै छन्,’ स्रोत भन्छ। गंगालालको यो नयाँ भवन अस्पतालका पूर्वनिर्देशक डा। ज्योतिन्द्र शर्माको नेतृत्वमा बनेको हो । मापदण्डविपरीत भवन निर्माण विवादमा आएपछि डा। शर्मा र तत्कालीन प्रशासन प्रमुख दीपेन्द्र खड्का, भवन इन्चार्ज राम आचार्य र भवनसँग प्रत्यक्ष जोडिएका कर्मचारीले राजीनामा दिइसकेका छन् । यो भवनको संरचना १ महिना नबित्दै बिग्रिएकोमा कर्मचारी र चिकित्सक आक्रोशित छन् ।

यस विषयमा भवन विभाग र इन्जिनियरसँग छलफल गरिरहेको अस्पतलामा निमित्त निर्देशक डा।युवराज लिम्बूले बताए । गंगालालको यो नयाँ भवन निर्माणमा संलग्न इन्जिनियर प्रदीपकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्रधारीको अभियोग लागेका व्यक्ति हुन् । करिब ३ महिनाअघि उनको शैक्षिक प्रमाणपत्र नक्कली ठहर भएपछि आयोगले यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै