२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीसम्बन्धी २ विधेयक राष्ट्रिय सभाबाट पारित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’ पारित गरेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल(ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’माथि छलफल गर्न प्रस्ताव गरेका थिए । तर, सांसदहरूले धारणा नराखेपछि गृहमन्त्रीले विधेयक पारित गर्न प्रस्ताव राखेका थिए ।

बुधबारको बैठकमै ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, ०७६’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, ०७६’ समेत टेबुल भएको थियो । त्यस्तै, गृहमन्त्री थापाले नै ‘अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धि पेस गरेका थिए ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगाड्स, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक, ०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै