२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी जोड्ने सडक भासियो, यातायात अवरुद्ध



अ+ अ-

रसुवा । पहिरीले सडक भत्किँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा यातायात अवरुद्ध भएको छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङकोबीच भागमा बुधबार साँझ करिब ५ बजे सडक भाँसिएको हो ।

कालिका गाँउपालिका–१ नाकुरदुङ भन्ने ठाउँमा सडक भासिँएको वडा अध्यक्ष मालफुर्पा तामाङले बताए । ‘सडक कुनासम्मै भासिएको छ,’ उनले भने, ‘पैदल आवत–जावत गर्न सक्ने अवस्था समेत छैन । सडक मूनि ठूलो पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउन सक्ने अवस्था छैन । नयाँ ट्रयाक खोल्न पर्ने अवस्था छ ।’

भासिएको स्थानमा मर्मतका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भटराइले बताइन् ।

उक्त स्थानमा ठूलो पहिरो भएकाले ब्लाष्टिङ गर्नुपर्ने हुन्छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु मार्गमा यातायात अवरुद्ध हुँदा सामान बोकेका कन्टेनरहरु बाटोमै अलपत्र परेका छन् ।सदरमुकाम धुन्चे र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक यही नै हो ।, समाचाचर कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै