७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रगतको अभाव



अ+ अ-

सप्तरी । सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।

“गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताउनुभयो । रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उहाँले बताउनुभयो । बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत नहुँदा प्रत्येक दिन समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

अहिले रगत लिन आउने बिरामीका आफन्तहरुसँग रगत लिएर बिरामीको आवश्यकतालाई पूरा गरिरहेको उल्लेख गर्दै उहाँले ब्लड गु्रपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगतको अभाव देखिन थालेको बताउनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच÷सात युनिट रगतको माग रहेको जानकारी गराउँदै इन्चार्ज झाले रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आह्वान गर्नुभयो ।