७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सामाजिक सुरक्षा कार्यक्रममा स्वरोजगार पनि

सामाजिक सुरक्षा कार्यक्रममा स्वरोजगार पनि
अ+ अ-

काठमाडौं । सामाजिक सुरक्षा कोषले श्रम कानुन र सामाजिक सुरक्षाको दायरामा नपरेका अनौपचारिक र स्वरोजगार श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा ल्याउने गृहकार्य सुरु गरेको छ । औपचारिक क्षेत्रमा रहेका रोजगारदाता प्रतिष्ठानहरू सामाजिक सुरक्षा योजनामा भइरहेका बेला सरकारले अनौपचारिक र स्वरोजगारलाई समेत योजनामा ल्याउने योजना सुरु गरेको छ ।

अधिकांश ठूला रोजगारदाताले योजनामा सामेल हुन इच्छा देखाए पनि सामाजिक सुरक्षा कोषले आवश्यक कानुनी संरचना बनाएर श्रम कानुन र सामाजिक सुरक्षाबाट टाढा रहेका अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई समेत योजनामा आबद्ध गर्ने तयारी गरेको हो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले औपचारिक क्षेत्रमा रहेका श्रमिक र रोजगार प्रतिष्ठान योजनामा समेल हुन देखाएको रुचीसँगै अनौपचारिक र स्वरोजगारलाई समेत ल्याउन लागिएको बताए । “तर यसका लागि कानुनी र संरचनागत रूपमा केही सुधार भइरहेकाले आगामी आर्थिक वर्षबाट योजना अघि बढाइने छ,” उनले भने “हाल संगठित क्षेत्रको सूचीकरण, नेटवर्क स्थापनाको काम भइरहेकोले यसले पुर्णता पाएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा जान ऐन, नियम बनाएर जाने योजना छ ।” कोषले कानुनी प्रक्रिया मिलाएर सबैलाई योजनामा सामेल गराउने लक्ष्य सहित कोषको वार्षिक कार्यक्रममा नै राखेको जनाएको छ ।

कोषले अनौपचारिक क्षेत्रलाई योजनामा ल्याउन अहिले कानुनी प्रक्रियाको बारेमा अध्ययन गरिरहेको जनाएको छ । स्वरोजगार र अनौपचारिक श्रमिकलाई योजनामा ल्याउन कोषले प्रक्रियागत गृहकार्यका लागि चालुआर्थिक वर्षको कार्यक्रम तथा योजनामा नै राखेर अध्ययनको तयारी सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत अनौपचारिक र स्वरोजगार क्षेत्रलाई सामाजिक सुरक्षा योजनामा ल्याउने जनाउदै केही कानुन भने बनाएपनि पूर्ण भने छैन । सामाजिक सुरक्षा ऐनमा अनौपचारिक क्षेत्रमा रहेकाहरूले पनि योजनामा सामेल हुनसक्ने गरी कानुनी प्रावधान भने गरेको छ ।

श्रम शक्ति सर्वेक्षण २०१७/२०१८ मा ५९ लाख ९ हजार ९९४ मानिस अनौगचरिक क्षेत्रमा कार्यरत रहेका छन । यो सम्पूर्ण श्रमिकमध्ये ८४ प्रतिशत हुन आउछ । जबकी औपचारिक क्षेत्रमा १५ प्रतिशत अर्थात १० लाख मानिस कार्यरत रहेको देखिन्छ । अनौपचारिक क्षेत्रका निर्माण, सेवा, यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा औपचारिकभन्दा अनौपचारिक श्रमिक धेरै रहेका छन् । अनौपचारिक र स्वरोजगारका क्षेत्रमा श्रम कानुन पूर्ण रूपमा लागू नभएका कारण यसलाई सामाजिक योजना ल्याउन भने चुनौतीपूर्ण देखिन्छ । प्रदेशअनुसार सबैभन्दा बढी प्रदेश २ मा अनौपचारिक क्षेत्रका श्रमिक रहेको देखिन्छ भने सबै कम अनौपचारिक श्रमिक रहेको ३ नं. प्रदेश रहेको छ । अनौपचारिक श्रमिकमध्ये ९० प्रतिशत ग्रामिण क्षेत्रमा कार्यरत रहेको राष्ट्रिय तथ्यांक विभागले गरेको अध्ययनमा उल्लेख छ । अनौपचारिक क्षेत्रमा काम गर्ने महिला ९.५ प्रतिशत रहेका छन भने पुरुषको संख्या १९ प्रतिशतको हाराहारीमा रहेको छ । अनौपचारिक क्षेत्रमा कार्यरत ९४ प्रतिशत श्रमिक १८ देखि २४ वर्ष समूहका छन् ।

योजना ५ हजार प्रतिष्ठान र ५० हजार श्रमिक
बुधबारसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार पुगेको छ भने ५ हजार प्रतिष्ठान दर्ता भइसकेका छन् । अनलाइनमार्पmत सूचीकरणका राखिएको सफ्टवेयरमा सुधार गरेपछि सूचीकरण हुनेको संख्या बढेको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार योजनामा सुचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको छ ।, समाचार कारोबार दैनिकमा प्रकाशित छ ।