३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट



अ+ अ-

काठमाडौँ। विभागीय टोली एपिएफका क्षितिज खनाल र एपिएफकै प्रिन्स दाहाल १४ औं पुष्पलाल स्मृित राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा (शिर्ष आठ वरीयता) मा फाइनलमा प्रवेश गरेका छन् ।

ग्वार्कोस्थित सहआयोजक यल स्पोट्र्स एकेडेमीको कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा क्षितिजले पिस फिटनेश क्लवका विष्णु कटुवाललाई २–१ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

क्षितिज विष्णुलाई १८–२१, २१–७, २२–२० ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अर्को सेमिफाइनलमा नम्बर एक खेलाडी एपिएफका प्रिन्स दाहालले त्रिभूवन आर्मी क्लवका प्रफुल महर्जनमाथि २–१ को जित रचे । प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुललाई २२–२४, २१–१४, २१–१२ ले हराए ।

यससँग प्रिन्सले यस प्रतियोगितामा दोस्रोपल्ट क्षितिजसँगको भेट पक्का गरे । प्रिन्सले पहिलो खेलमा क्षितिजसँग खेल्दै प्रतियोगिताको शुरुवात गरेका थिए । क्षितिजले लिगको पहिलो खेलमा प्रिन्सलाई २–१ ले पराजित गरेका थिए ।

प्रिन्सलाई फाइनलमा त्यसको बदला लिने अवसर जुरेको छ । क्षितिजलाई भने विजयी यात्रा कायम राख्ने अवसर मिलेको छ ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल (शिर्ष आठ वरीयता) मा आर्मीकी रसिला महर्जन र पुलिसकी शेस्ना श्रीपाली उपाधिका लागि भिड्नेछन् ।

नेपाल नम्बर एक आर्मीकी रसिलाले नेपाल पुलिसकी निता लम्साल माथि २१–१३ , २१–१३ को जित निकालिन् । अर्को खेलमा पुलिसकी शेस्ना श्रीपालीले एपिएफकी रिहाना सेरचनलाई हराउँदै रसिलासँगको भेट पक्का गरिन् ।

शेस्नाले रिहाना माथि २१–१६, २१–१८ को जित निकालेकी हुन् ।–न्युज एजेन्सी नेपाल