७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपाल-भारत-चीन त्रिदेशीय पर्यटन मेला हुँदै

नेपाल-भारत-चीन त्रिदेशीय पर्यटन मेला हुँदै
अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याने र नेपालका दुई छिमेकी भारत र चीनबाट पर्यटक भित्र्याउन नेपालमा नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) आयोजना हुने भएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरीसम्म नेपाल एक्स्पो (नाइस) आयोजना हुन लागेको हो ।

विश्व पर्यटन इतिहासमै पहिलोपटक तीनवटा मुलुक समावेश भइ आयोजना गरिने नाइस सम्भवतः पहिलो पर्यटन मेला हुने आयोजकको भनाइ छ । जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरू एवम् संघ संस्थाहरूले एकै थलोमा विमर्श गर्नेछन् । आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरू उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने आयोजक संस्थाहरूले विश्वास लिएका छन् ।

दक्षिण एसिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवं बृहत पर्यटन स्रोतबजारहरूको बीचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुन् । चीन र भारत विश्वकै दुई ठूला बृहत पर्यटन स्रोतबजार हुनुका साथै नेपालका निम्ति पनि प्रमुख पर्यटक आगमन हुने र प्रचुर सम्भावना भएका पर्यटकीय स्रोत बजारमा नेपालको पर्यटकीय गन्तव्यको प्रचार गरेर पर्यटक भित्र्याउने प्रमुख उद्देश्यले मेला आयोजना गर्न लागेको प्यासिफक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए ।

सन् २०१८ को तथ्यांकअनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ प्रतिशतले र २५.८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटकमध्ये ०.७५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् । दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावनाअनुरुप अपेक्षित लाभ लिन नसकेको आयोजकको भनाइ छ ।

लामो समयदेखि नै छिमेकी राष्ट्रहरू नेपाल भारत र चीनबीच दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहँदै आएको छ । तर, त्रिदेशीय पर्यटन प्रवद्र्धनका निम्ति यथोचित पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीनवटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र व्यापारिक अवसरहरू उत्थान एवं सहजीकरण गर्दै तीन देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएका पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । उनले भने, “नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने अपेक्षा गरेका छौं ।”

एक्स्पोमा २०० भन्दा बढी क्रेता, १०० विक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, विज्ञ वक्तालगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी एक हजारभन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।, समाचार कारोबार दैनिकमा प्रकाशित छ ।