७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गाउँ व्यवस्थित गर्न भदौ सभा

गाउँ व्यवस्थित गर्न भदौ सभा
अ+ अ-

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४, भुजुङका बासिन्दाले व्यवस्थित र सभ्य रूपमा गाउँ सञ्चालनका लागि आफ्नै नियम बनाएका छन् ।

गाउँलाई अनुशासनमा राख्न स्थानीयवासीले हरेक वर्ष भदौ महिनामा ‘भदौ सभा’ गरेर नीतिनियम तथा ऐनकानुन बनाउने गरेका हुन् । उनीहरूले यस वर्ष पनि चार दिनसम्म सभा बसेर अर्को भदौसम्मका लागि नियम बनाएका छन् ।

संविधानले गाउँपालिकालाई स्थानीय सरकारका रूपमा कानुन बनाउनेसम्मको अधिकार दिए पनि भुजुङका बासिन्दाले नीतिनियम बनाउन ‘भदौ सभा’ गर्न छाडेका छैनन् । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र बर्सेनि परिमार्जन गर्दै लाने गरेका छन् । रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँलाई एकतामा बाँध्न, शान्त वातावरण बनाउन र अनुशासनमा राख्न भदौ सभा गर्ने गरिएको बताउनुभयो ।

भदौ सभामा गाउँमा रहेका ३४५ घरधुरीका घरधनी जम्मा हुन्छन् । कुन घरका व्यक्तिले वर्षभरि के के गल्ती गरे, त्यसको लेखाजोखा हुन्छ र अब नगर्ने वाचा गर्ने गर्छन् । उनीहरूले तामाको ताउलो छोएर गाउँको नीतिनियम पालना गर्ने वाचा गर्छन् । गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन, गाउँलाई एकढिक्का बनाउन र बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौ सभा गर्ने गरिएको गुरुङले बताउनुभयो ।

साविक भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौ सभा भन्ने गरिएको हो । वर्षायाममा धान तथा कोदो गोडमेल सकिएपछि केही फुर्सद हुने र फुर्सदको समय सदुपयोग गर्दै उहिलेदेखि भदौ सभा गर्दै आएको उहाँले बताउनुभयो ।

ज्योतिषीले यो वर्ष भदौ १९ देखि २३ सम्म भदौ सभा सञ्चालन गर्न सकिने बताएपछि सोहीअनुसार सभा गरिएको थियो । सभामा रीतिथिति, गाउँमा उत्पादित वस्तुको दरभाउ कायम र बार बन्देजका बारेमा छलफल गरिएको छ । सरकारले बनाएको कानुन नबाझिने गरी गाउँलेले नियम बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार सभामा पाप र पुण्यका विषयमा पनि छलफल हुन्छ । वर्षभरि परिवारले अरू कसैमाथि नराम्रो नसोचेको, चोरीडकैतीलगायत नराम्रो काममा संलग्न नरहेको भनी खुकुरीको धार र तामाको ताउलो छोएर कसम खाने गरिन्छ । कुनै व्यक्तिले जानी नजानी गल्ती गरेकोमा जरिवाना गरिन्छ । यस पटकको सभामा पनि त्यस्ता व्यक्तिलाई जरिवाना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ सभामा बनाइएको कानुन गाउँका बासिन्दा सबैले पालना गर्नुपर्छ । गाउँ प्रवेशपछि भने अरू सबैलाई यो कानुन लाग्छ । ”

पहिलेपहिले कुरा नबुझ्ने, असहमति हुने भएकाले सभा एक सातासम्म लम्बिने गरे पनि अहिले तीन चार दिनमै सभा सकिने गरेको यमबहादुर गुरुङले बताउनुभयो । सभाले समाजमा राम्रो काम गर्नेलाई स्याबासी पनि दिएको छ । सभाले गाउँमा उत्पादित धान, मकै, कोदोलगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला निर्धारण गरेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।