७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बिदामा आएकालाई श्रम स्वीकृति

बिदामा आएकालाई श्रम स्वीकृति
अ+ अ-

काठमाडौँ । विदेशमा घरेलु श्रमिकको रूपमा काम गरेर लामो समयदेखि बिदामा आउन नपाएका घरेलु श्रमिकलाई सरकारले पुनःश्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयले गत सातादेखि घरेलु श्रमिकलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो ।

केही दिनअघि सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले विदेशमा सुरक्षित घरेलु श्रमिकको रूपमा काम गरेर बिदामा आएकालाई विभिन्न सर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको थियो । निर्देशनसँगै श्रम कार्यालयले बिदामा आएर फर्किन चाहनेलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा सुरक्षित भएर घरेलु काम गरेका र घरबिदामा स्वदेश आएकालाई पुनः श्रम स्वीकृति दिन भन्दै समितिसमक्ष पटक–पटक आग्रह गर्दै आएको थियो । विदेशमा घरेलु श्रमिकका लागि श्रम स्वीकृति लिएर गएका र बिदामा आएकाले मात्रै सरकारको केही सर्त पूरा गरेर पछि पुनः श्रम स्वीकृति लिएर जान सक्ने श्रम कार्यालयले जनाएको छ । काठमाडौँ, जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ तर बुधबार दिउँसोसम्ममा छ÷सात जनाले मात्रै पुनः श्रम स्वीकृति लिएका छन् ।

श्रम कार्यालयका प्रमुख देवेन्द्र कार्कीले पुनः श्रम स्वीकृतिका लागि श्रमिक स्वयंले आफू पूर्णरूपमा सुरक्षित भएको पुष्टि हुने कागजपत्र पेस गर्नुपर्ने भएकाले कागज नपुगेका कारण सेवाग्राहीलाई पुनः श्रम स्वीकृति दिन नसकिएको जानकारी दिनुभयो ।
पुनः श्रम स्वीकृतिका लागि धेरै जना आउनुभएको छ तर रोजगारदातासँगको करार सम्झौता र दूतावासले प्रमाणित गरेको पत्र नभएकाले हामीले पुनः श्रम स्वीकृति दिन नसकेको बताउँदै उहाँले भन्नुभयो,‘कतिपयले कार्यालयमा आएपछि आफ्नो रोजगारदातासँग आवश्यक कागजात मगाइरहनुभएको छ, केही समय लाग्न सक्छ ।’ अब आउनेका हकमा त्यति समस्या नहोला । आएर पुनः जान चाहनेका हकमा आवश्यक कागजात मगाउनुपर्ने भएकाले समय लाग्यो प्रमुख कार्कीले जानकारी दिनुभयो । गन्तव्य देशमा रहेका नेपाली दूतावासले पनि घरेलु श्रमिकलाई पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने कागजातका लागि दूतावासमा सम्पर्क गर्न सूचना जारी गरेका छन् । विदेशमा सुरक्षित ठाउँमा घरेलु श्रमिकको रूपमा जान चाहनेलाई निःसर्त खुलाउनुपर्ने भन्दै वकालत गर्दै आउनुभएकी मञ्जु गुरुङले महिलालाई सर्त थोपरेर जान खोज्नाले झन् सास्ती भोग्नु परेको बताउनुभयो ।

स्वीकृतिका लागि आवश्यक कागजात
विभागका अनुसार एकपटक घरेलु श्रमिकका रूपमा बसेर फर्किएका घरेलु श्रमिकले आफू कार्यरत देशको नेपाली दूतावासको सिफारिस अनिवार्य ल्याउनुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको सिफारिसका लागि अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रमाणित प्रतिलिपि, रोजगारदाताको राहदानीको प्रतिलिपि, घरेलु श्रमिकको रूपमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा आएको निस्सा प्रमाण र बिदामा स्वदेश गई पुनः वैदेशिक रोजगारीमा फर्कंदा साविककै रोजगारदाताकोमा जाने सुनिश्चितता हुने कागज वा निस्सा चाहिने विभागले जनाएको छ ।
विभागबाट श्रम स्वीकृति लिई रोजगारीमा गएका घरेलु श्रमिकको करार सम्झौताबमोजिम अवधि बाँकी देखिए, भिसाको अवधि बाँकी भए, कल्याणकारी कोष र बीमा भए पुनः श्रम स्वीकृति दिइनेछ । तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय श्रम समितिले घरेलु श्रमिकका रूपमा खाडी गएका महिलामाथि श्रम यौनलगायतका विभिन्न शोषण भइरहेको भन्दै तत्काललाई ती मुलुकमा श्रम सम्झौता गरेर मात्रै श्रमिक पठाउन निर्देशन दिएको थियो । उक्त निर्देशनपछि २०७३ चैत्र २० गतेदेखि खाडी मुलुकमा घरेलु श्रमिक पठाउन रोक लगाएको थियो । जसका कारण घरेलु श्रमिकका रूपमा गएकाहरू बिदामा समेत घरमा आउन पाएका छैनन् ।
प्रतिबन्ध लगाएको तत्कालीन समितिका अनुसार खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा एक लाखभन्दा बढी नेपाली कार्यरत रहेको र ९० प्रतिशत महिला रहेका छन् । घरेलु श्रमिकलाई श्रमस्वीकृति दिन रोक लगाएको झन्डै तीन वर्षपछि समितिले बिदामा आएकालाई पुनः श्रम स्वीकृति दिएर जाने सक्ने निर्णय गरेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।