३० श्रावण २०८३, शनिबार
,
Latest
अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)



अ+ अ-

काठमाडौं: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास विक्री वितरण शुरु गरेको छ ।

नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिवारदेखि पाँच वटा स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो ।

टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको छ । विक्री केन्द्रअनुसार फरक–फरक ब्राण्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ । निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ ।

नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलकाअनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन् ।

बिहानदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उहाँले जानकारी दिनुभयो । निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ ।

बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिनसक्ने व्यवस्था गरिएको छ । बबरमहल केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिण्डर उपलब्ध रहेको पौडेलले जानकारी दिनुभयो । निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोहरुसंगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको उहाँको भनाई छ । ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ । ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताउनु भयो ।

निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरेपनि सर्वसाधारणले भने सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । बबरमहलमा ग्यास लिन बसेको सेवाग्राहीहरुले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् । लाईनमा बसेर ग्यास लिने पालो आएपनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरुको भनाई छ ।

 

यद्यपि ग्यास आउने आशामा आफूहरु दिनभर कुरेर बसेको उपभोक्ता बताउँछन् । निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।

न्युज एजेन्सी नेपाल