७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन

सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन
अ+ अ-

काठमाडौं। सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य राखे पनि अझै २ सय १२ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन । सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीका क्रममा आगामी दुई वर्षभित्र सीटीईभीटीबाट सम्बन्धन प्राप्त सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य लिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । तर, भौगोलिक अवस्था, जनसंख्या, स्थानीयको माग र आवश्यकतालाई आधार मानेर प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने भए पनि हचुवाको भरमा सम्बन्धन दिइएको पाइएको हो । एउटै पालिकामा पाँचवटासम्मलाई मापदण्ड नै नबनाएर प्राविधिक शिक्षा अध्ययन अध्यापनको अनुमति दिएको पाइएको छ । मुख्यतः दाङ, जुम्ला, कालीकोट, कञ्चनपुर, बाँके, बर्दिया, बाग्लुङलगायतका जिल्लामा दोहोर्याएर सम्बन्धन दिइएको छ ।

परिषद् अनुसार ४७ वटा आंगिक शिक्षालय छन् । यस्तै ४ सय २९ वटा निजीस्तरबाट सञ्चालित छन् । परिषद्बाट सम्बन्धन प्राप्त २ सय ९३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन÷अध्यापन हुँदै आएको छ । तर, शिक्षा मन्त्रालयले छुट्टै तवरबाट कक्षा ९ देखि १२ तर्फ प्राविधिक धारको कक्षा सञ्चालन गर्दै आएको छ । यसको गुणस्तरीयताबारे प्रश्न चिह्न खडा भएको देखिन्छ । मध्यमस्तरीय जनशक्ति प्रक्षेपण समितिले प्राविधिक शिक्षाको माग रहेको निष्कर्ष निकाल्दै यसको गुणस्तरीयतामा ध्यान दिएर राज्यले लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

समितिका एक अधिकारीले भने, ‘नेपाल सरकारले सञ्चालन गरेको ९–१२ कक्षाको प्राविधिक धारतर्फ सैद्धान्तिक बढी हुन्छ, प्रयोगात्मक अभ्यास कम हुने गरेको हुँदा दक्ष प्राविधिक जनशक्तिको गुणस्तरीयतामा प्रश्न चिह्न खडा भएको छ ।’ जसकारण प्राविधिक शिक्षाको सञ्चालन राज्यले एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने देखिन्छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ आर्यालले आगामी वर्ष सबै स्थानीय तहमा प्राविधिक शिक्षालय पुग्ने दाबी गरे । उनले भने, ‘अहिलेसम्म ५ सय ४१ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुगिसकेको छ । आगामी वर्ष लक्ष्यमा पुग्छौं । त्यहीअनुसार तयारी भइरहेको छ ।’ हाल परिषद् मातहत स्वीकृत स्थायी दरबन्दीको संख्या ९ सय ३२ रहेको छ ।

यसैबीच, सामुदायिक विद्यालयमा निश्चित मापदण्ड बनाएर सम्बन्धन दिनुपर्ने राष्ट्रिय कर्मचारी संगठन सीटीईभीटीका अध्यक्ष तेजबहादुर कार्कीले बताए । उनले भने, ‘एउटै स्थानीय तहमा पाँचवटासम्म कार्यक्रम गए । यसले गर्दा पर्याप्त मात्रामा विद्यार्थी नपाएको अवस्था छ ।’ उनले विद्यार्थी कम हुँदा आम्दानी कम हुने र शैक्षिक गुणस्तरसमेत खस्कने बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।