२४ असार २०८३, बुधबार
,
Latest
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी शिक्षिकालाई मानसिक यातना दिने प्रअलाई कारबाही गर्न गगनको माग



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षिकालाई सुत्केरी बिदा नदिएर कानुन नमान्ने र महिलालाई हेप्ने प्रधानाध्यापकलाई कारबाहीको माग गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले काठमाडौंको असनस्थित त्यौड माविकी एक शिक्षिकालाई प्रअ सुरेन्द्र केसीले सुत्केरी बिदा दिनुको सट्टा मानसिक यातना दिएको भन्दै सरकारसँग कारबाहीका लागि माग गरेका हुन् ।

‘सरकारी, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनु अगाडि र पछाडि गरी कम्तीमा ९८ दिन तलबसहित प्रसूति बिदा दिने अधिकार हुनेछ भन्ने हाम्रो कानुन छ,’ सांसद थापाले भने, ‘चिकित्सकको सल्लाहअनुसार बिदा अपुग भएमा बेतलबी थप एक वर्ष पनि बिदा बस्न पाइन्छ । तर, अवस्था त्यस्तो छैन । काठमाडौंको त्यौड माविमा पढाउने एक शिक्षिकाले पटकपटक बिदा माग्दा प्रअले बिदा नदिएर मानसिक यातना दिँदा शिशु गुमाउनुपर्यो ।’ यो अवस्था बदल्ने सरकारसँग मौका छ उनले बताए ।

‘कानुन नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश सरकारले दिनुपर्छ । प्रअलाई कारबाही गर्नुपर्छ,’ थापाले भने, ‘सरकारले लागू गरेका कानुन नै पालना नहुनु भनेको संसद्को नै अपमान हो ।’ उनले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई सुविधा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।