२४ असार २०८३, बुधबार
,
Latest
राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पासवर्ड हेर्न सन्नी काठमाडौंमा



अ+ अ-

काठमाडौं । नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाडौं आइपुगेकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् ।

बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो ।
एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको वि श्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केही स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ । बेलायतमा छायांकन भएको फिल्मको गीत पनि उतै खिचिएको हो । ‘पासवर्ड’ भदौ २७ देखि अल नेपाल रिलिज हुँदैछ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।