२९ श्रावण २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त



अ+ अ-

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रबार बिहान नेकपा एमालेको समर्थनसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । उनले शुक्रबार बिहान ११ बजेसम्मको समयसीमा तोकेका थिए ।

तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दाबी पेस गरेको केही समयमै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेकपाका एक सांसदका अनुसार नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेको नेताहरूले बताएका छन् ।