७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आफ्नो हात जगनाथ, लोकसेवा छलेर सयौं भर्ती

आफ्नो हात जगनाथ, लोकसेवा छलेर सयौं भर्ती
अ+ अ-

काठमाडौं । सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ दरबन्दी सिर्जना गरिएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए । उनले शुद्ध करारमा दरबन्दी सिर्जना गर्नु गलत भएको बताए । सरकारले काजमा लगेर आयोजना–परियोजनामा आवश्यक कर्मचारी व्यवस्था गर्न सक्ने मैनालीले बताए । उनले भने, ‘रिक्त हो भने ठिकै हो । शुद्ध दरबन्दी हो भने गलत हो ।’

मन्त्रिपरिषद्को बिहीबार सार्वजनिक निर्णयमा आठ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ । त्यसमध्ये विभिन्न मन्त्रालयमा राजपत्रांकित पद ९अधिकृत स्तर० को दरबन्दी आठ सय ५३ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत सञ्चालन हुने आयोजना र कार्यक्रमका लागि तीन सय ६० अधिकृतस्तरको दरबन्दी स्वीकृत गरिएको छ । सत्य निरूपण तथा मेलमिलाप अयोगमा ५६ र बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगमा २३ वटा दरबन्दी स्वीकृत भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २९१ दरबन्दी स्वीकृत भएको छ । यीमध्ये २७२ दरबन्दी विभिन्न आयोग/परियोजना/आयोजना/कार्यक्रमका लागि छन् भने १९ दरबन्दी नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि स्वीकृत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका विभिन्न परियोजनारकार्यक्रमका लागि ५८ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाका लागि अधिकृतस्तरका ६५ दरबन्दी स्वीकृत भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालय मातहतमा निर्माणाधीन विभिन्न आयोजनाको अस्थायी दरबन्दी वर्षैपिच्छे स्वीकृत गराउनुपर्ने प्रावधानअनुसार यो संख्या तोकिएको बताए । ‘यही प्रावधानअन्तर्गत सबै आयोजनामा यी स्वीकृत दरबन्दी बाँडिन्छ’, घिमिरले भने, यो नियमित प्रक्रिया हो ।’

करारमा भर्ती गर्नुपर्दा राजपत्रांकितका लागि मन्त्रिपरिषद् र राजपत्र अनंकितका लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत हुन्छ ।

राष्ट्रिय युवा परिषद्का लागि १५ वटा रापत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । एकल विन्दु सेवा केन्द्रका २५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफू भर्खरै सरुवा भएर आएकाले त्यसबारे थाहा नभएको बताए । उनले आयोजना र परियोजनाका लागि प्रत्येक वर्ष नयाँ दरबन्दी सिर्जना हुने भएकाले यो विषय नयाँ नभएको बताए ।

पूर्वसचिव खेमराज रेग्मीले समाप्त भएको विकृतिलाई ब्युँताउन लागिएको बताए । ‘करारमा नियुक्ति गर्ने परम्परालाई कति दुःख गरेर समाप्त परियो,’ उनले भने, ‘यो ब्युँताउनु भनेको प्रतिगमनको पाइला हो ।’

ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालका अध्यक्षसमेत रहेका रेग्मीले करारमा नियुक्ति गर्दा ‘योग्यता प्रणाली’ निरुत्साहित हुने बताए । उनले अति आवश्यक परेमा मात्रै सरकारले विज्ञ नियुक्त गर्न सक्ने बताए । संघीय मामिला मन्त्रालयका प्रवक्ता एवं सहसचिव भूपाल बरालले मन्त्रालयको हकमा आयोजना सञ्चालनका लागि अस्थायी दरबन्दी माग भएको बताए । ‘हामीले आयोजना सञ्चालनका लागि अस्थायी दरबन्दी माग गरेका थियौं । त्यहीअनुरुप मन्त्रिपरिषद्ले स्वीकृत गरेको हुनुपर्छ,’ उनले भने ।

उनले लोकसेवाका वैकल्पिक उम्मेदवार, फाजिल तथा दरबन्दीभन्दा बढी रहेका कर्मचारी यस्ता कार्यक्रम÷आयोजना, परियोजनामा खटाउनुपर्ने बताए ।

सात जिल्लाको सीडीओ दरबन्दी घटुवा

सरकारले सात जिल्लाको सीडीओको दरबन्दी घटुवा गरेको छ । गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभ्रेका सीडीओको दरबन्दी घटुवा गरेको हो । ती जिल्लामा सहसचिवको दरबन्दी रहँदै आएकोमा अब उपसचिव सीडीओ हुनेछन् ।

निर्णयमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा भने सोहीबमोजिम हुने उल्लेख छ । मन्त्रिपरिषद्ले हुलाक सेवा विभागअन्तर्गत हुलाक कार्यालयमा कार्यरत कर्मचारीको पारि श्रमिक २०७६ साउनदेखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरेको छ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।