२४ असार २०८३, बुधबार
,
Latest
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको कानुन दैवले जानुन, न्याय माग्दा किशोरी जेलमा



अ+ अ-

दैलेख । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका-५ कि १८ वर्षीया एक किशोरीले धरौटी रकम तिर्न नसक्दा जेल बस्नु परेको छ। जबरजस्ती करणीसम्बन्धी जाहेरीलाई आरोपित जोगाउन सरकारी वकिले मुद्दा नै फेरेर बालविवाह बनाइदिएपछि उनी जेलमा बस्नु परेको हो।

जिल्ला अदालतले गत साउन ८ गते थुनछेक बहसपछि उनीसँग ३५ हजार धरौटी माग्यो। तर किशोरीको परिवारले धरौटी बुझाउन नसक्दा उनी डेढ महिनादेखि जेलमा बसिरहेकी छन्। विपन्नताका कारण धरौटी बुझाउन नसकेको पारिवारिक स्रोतको भनाइ छ। धरौटी तिर्न नसकेकी ती किशोरी गर्भवतीसमेत भएको खुलेको छ। तर किशोरीसँग कथित बालविवाह गर्ने आठबीस नगरपालिका-२ सिगौडीका ३९ बर्से रामप्रसाद जैसी भने ३५ हजार धरौटीमा जेलमुक्त भएका छन्। उनका पहिले नै ४ छोराछोरी छन्।

रामप्रसादले होटलमा बन्धक बनाएर किशोरीसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाएको उजुरी गत असार १४ गते किशोरीकी आमाले दिएकी थिइन्। त्यसैका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला सरकारी वकील कार्यालय दैलेखले जिल्ला अदालतमा बालविवाहमा मुद्दा दर्ता गरेको छ। किशोरीकी आमाको उजुरीको कारण आफू थुनिएको आक्रोशमा धरौटी बुझाउने जिम्मेवारी पनि उनकै भएको पीडक रामप्रसादका आफन्तको कुतर्क छ।

रामप्रसादले छोरीको उमेरकी किशोरीसँग बिहे गर्ने र धरौटी तिरेर आफू जेलमुक्त भई किशोरीलाई थुनाउनु गलत भएको चामुण्डाबिन्द्रासैनी नगरपालिका(५ की वडा सदस्य तुली कामीको भनाइ छ। रामप्रसादलाई पैसाको धाकमा जेलमुक्त गरी विपन्न किशोरीलाई जेलमा थुन्नु कानुनी तवरबाटै अन्याय भएको वडा सदस्य तुलीको तर्क छ। पीडित किशोरीका अनुसार रामप्रसाद जैसीले उनीसँग बिहे गर्ने भनी चिनगाड खोलास्थित होटलमा बन्धक बनाएर जबरजस्ती गरेका थिए।

रामप्रसादले बिहे गर्ने भनी लगेकै भोलिपल्ट किशोरीका परिवारले छोरी फिर्ता ल्याएर उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दिएका थिए। तर सरकारी वकीलले जबरजस्ती करणीको साटो रामप्रसादलाई बचाउन र मुद्दा कमजोर बनाउन बालविवाहको मुद्दा दर्ता गरेको किशोरी पक्षको आरोप छ। एउटा विषयमा दिएको जाहेरी फेरबदल गरेर अर्को बनाउँदै अदालतबाट दोषी उम्काएको महिला तथा बालबालिका केन्द्रका संयोजक रमा श्रेष्ठले आरोप लगाइन्।

‘घरमा छाक टार्नै मुस्किल पर्छ छोरीलाई जेलमुक्त गर्न धरौटी बुझाउने अवस्थै छैन, कसैले ऋण पत्याउँदैनन्,’ किशोरीकी आमाले भनिन्, ‘त्यसैमा झन् छोरी गर्भवती छ, दोषीलाई उम्काएर त्यसको जिम्मा कसले लिन्छ ?’ न्याय खोज्दा अन्यायमा परेको भन्दै सहयोगका लागि उनले गुहारेकी छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।