२४ असार २०८३, बुधबार
,
Latest
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबल खेल्न उमेर घटाउँदा बालविवाहको फन्दामा



अ+ अ-

सल्यान । जिल्लाको शारदा नगरपालिका-४ पिपलनेटाका रमन बस्नेत र सोही ठाँउ साहुटोलकी सन्जु न्यौपाने (दुवैको नाम परिवर्तित)को गत असार २६ गते गाँउमा बिहे हुँदै थियो । विवाह मण्डपमा दुलाहाको व्रतबन्ध हुँदै गर्दा प्रहरी त्यहाँ आए । रमन र सन्जुको बालविवाह भइरहेको भन्दै बिहे रोक्न प्रहरी मण्डपमा आएको थियो।

तर आफन्तले बालविवाह नभएको र बेहुला बेहुली दुवैको उमेर पुगेको भन्दै प्रहरीसँग बिहे नरोक्न अनुरोध गरे । केहीबेरको छलफलपछि नागरिकता हेर्दा दुलाहा रमन १७ वर्षको र दुलही सन्जु युवती भएको देखिएपछि बालविवाहको आरोपमा प्रहरीले दुलहीलाई पक्राउ गर्‍यो । पक्राउपछि बेहुली सन्जुलाई अदालतले बालविवाहको आरोपमा दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवानासमेत तोक्यो ।

खासमा रमन र सन्जु दुवै जनाको उमेर २० वर्ष पुगिसकेको थियो । अन्डर(१६ ९१६ वर्ष मुनिको० भलिबल प्रतियोगितामा भाग लिन रमनले उमेर घटाएर नागरिकता बनाएका कारण दुलही सन्जुले कैद सजाय पाउनुका साथै जरिवाना तिर्नु पर्‍यो । अहिले उनी धरौटीमा रिहा भइसकेकी छन् । उनले कैद सजाय भोग्ने दुई महिनाको दैनिक ३ सय रुपैयाँका दरले ५३ हजार ७ सय रुपैयाँ बुझाएपछि उनलाई अदालतले धरौटीमा छाडेको हो ।

बिहे गराउनेलाई समेत सजाय

रमन बस्नेत (नाम परिवर्तित) र सन्जुको विवाह गराउने बेहुलाकी आमा र पण्डित अशोक गौतमलाई समेत अदालतले कैद सजायको फैसला सुनाएको छ । उनीहरू दुवै जनालाई दुई महिना कैद र २ हजार रुपैयाँ जरिवाना फैसला भएको हो । उनीहरू पनि दुवै जना धरौटीमा छुटिसकेका छन् । यो घटनामा बेहुलालाई भने बिहे गर्ने उमेर नपुगेको भन्दै अदालतले सफाइ दियो ।

‘नागरिकता अनुसार उमेर पुगेपछि मात्रै बिहे गरौंला भनेर सोचेका थियौं, तर कुर्न सकिएन,’ बेहुला रमनले भने, ‘हामी विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा थियौं । घरपरिवारलाई पनि थाहा थियो, सबैको सहमतिमा नै बिहे गरियो तर सबैले दुःख पायौँ ।’ यो घटनापछि बेहुला रमन र बेहुली सन्जुसँगै बेहुलाकी आमाले समेत अबको दिनमा बालविवाहविरुद्ध अभियान थाल्ने बताएका छन् ।

जिल्लामा बालविवाहका घटना धेरै हुने गरेका छन् । तर सार्वजनिक भने हुँदैनन् । जिल्लाको दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि पहल सुरु गरिएको भए पनि अन्य स्थानीय तहले यतातिर ध्यान दिएका छैनन् । तर बालविवाहमा संलग्न जोसुकैलाई कानुनको दायरासम्म पुर्‍याउन सकेमात्र न्यूनीकरण गर्न सकिने मानव अधिकारकर्मी रामचन्द्र रेग्मीको तर्क छ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।