७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

किसानको पिडा : ‘रातीभरी बँदेल आउँछ, दिउँभरी बादर’

किसानको पिडा : ‘रातीभरी बँदेल आउँछ, दिउँभरी बादर’
अ+ अ-

अछाम । अछामको साँफेबगर नगरपालिका ३ नौलाकोटकी मंगला कुँवरले गत वर्ष बँदेल भगाउन रातभरी जाग्राम बस्दा पनि मकै जोगाउन सकिनन्। तीन रोपनीमा लगाएको मकै बादर र बँदेलले खाएर सखाप पार्‍यो। यो वर्ष उनले मकै लगाइनन्।

अहिले धान र कोदो जोगाउन उनी रातभरी बँदेल भगाउने गर्छिन्। ‘राती बँदेल आउँछ, दिउँसो बादर’, उनले भनिन्। ‘यस्तै हो भने भोकमरी हुन्छ ,दुःख गरेर लगाएको खेती जती सबै बाँदर र बँदेललाई हुन थाल्यो, गत वर्ष मकैखेती राम्रो भएको थियो तर जोगाउन सकिएन।’ गाउँका सबैले अहिले मकै लगाउन छोडिसके। नजिकैको सामुदायिक वनले जंगली जनावरको बिगबिगी बढ्न थालेको छ। साँफेबगर नगरपालिका–४ मष्टामाण्डौंका किसान दल बोगटीले नपाकेकै धान काटे। दुई चार दिन पहिले नै धान काट्यो भने केही कम क्षति हुन्छ कि भनेर राम्रोसँग नपाकेकै धान पनि काट्न थालेको बताए।

उनले भने, ‘रातको समयमा बथानको बथान आउने बँदेलले धानमा धेरै क्षति पुर्‍याउने गरेको छ। आफूले मात्र नभएर गाउँका प्रायः सबैले बँदेलको चिन्ताले हप्ता १० दिनपछि काट्न हुने धान पहिले नै काट्न थालेको छन्।’

जंगली जनावर बँदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खेबाली उम्रिने बेलादेखि नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै कृषक चिन्तित छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौती छ।

उच्च भेगमा बढी फल्ने मकै पसाउन थालेदेखि नै बीच खेतमा पाल टाँगेर रातभर बँदेल धपाउन जाग्राम बसे पनि बाली जोगाउन नसकेको किसानको गुनासो छ। मेल्लेख गाउँपालिका ७ नन्देगडाका दिपबहादुर बुढाले भने, ‘बुडावाडा गाउँमा प्राय सबैले मुम्फली खेती गर्ने गरेका छन्।’ खेतीबाली यसपालि बँदेलले पाक्न नपाउँदै सबै नष्ट पारेको उनले सुनाए।

मुम्फली बिक्री गरेर मात्र गाउँका एक परिवारले कम्तीमा ७० हजारसम्म कमाइ गर्ने गरेको बुढाले जानकारी दिए। मुम्फली बारीमा पाल टागेर रातभर जाग्राम बसेर होहल्ला गर्दा पनि बँदेलबाट जोगाउन नसकेको सोही ठाउँका रनी बुढाले बताए। ‘घरखर्च चलाउने आधार नै मुम्फली हो, यसपालि सबै बँदेलले नष्ट गरिदियो’, उनले भने। अछामका अधिकांश गाउँका खेतबारीको बीच भागमा पाल टागेर रातभर होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने पाल टाँगेर नबस्ने खेतबारीमा फाटो लुगा कपडा टाँगिएको छ। ५–६ वर्षदेखि बँदेलको बिगबिगी बढेको घुघरकोटका एकेन्द्र महताले बताए।

बँदेलले पूरै बाली सखाप गरिदिएपछि वन जंगल नजिकका जग्गामा त कतिपयले खेती लगाउनै छाडेको उनले बताए। केही वर्ष पहिले लेकाली भेगमा मात्र बँदेलले बालीमा क्षति पुर्‍याउँदै आएकोमा पछिल्लो समय बेसीतिर क्षति पुर्‍याउन थालेको छ। एकातर्फ जमिनमा खेती नगरेर बाँझो राख्ने प्रचलन बढ्नु तथा अकोतर्फ गाईभैंसी पाल्ने क्रम विस्तारै घट्नुले वन जंगलको क्षेत्र बढ्दै जाँदा बँदेललगायत जंगली जनावरको बिगबिगी बढ्न थालेको स्थानीयको भनाइ छ।

‘पहिले त प्रत्येक घरमा गाईभैंसी, गोरु बाख्रा हुन्थे, टाढा टाढाको जंगलसम्म चराउन लगिन्थ्यो, अहिले त पशुचौपाया पाल्ने क्रम निकै घटेपछि घर वरिपरी नै जंगलजस्तै देखिन थालेपछि जंगली जनावरको संख्या बढ्न थाल्यो’, नन्देगडाका तिलक साउदँले भने।

जंगली जनावर बँदेलले बर्खेबाली मात्र नभएर हिउँदे बाली तथा तरकारी बाली खाएर किसानलाई हैरान तुल्याउने गरेको छ। पाक्नै थालेको मकै, धान, कोदो, गहुँजस्ता बाली बँदेलले सकेजति खाने र नसकेको नष्ट गर्न थालेपछि किसान हैरान बनेका हुन्। बँदेलले बाली खाएर हैरान तुल्याएपछि पीडित किसान प्रशासनलाई गुहारे पनि प्रशासनले जंगली जनावर नियन्त्रणका लागि खासै ठोस पहल नगरेको उनीहरूको आरोप छ। जंगली जनावर बँदेलले उच्च पहाडी भेगदेखि समथर फाटसम्मका बालीनालीमा नोक्सान पुर्‍याएको छ।, समाचार अन्नपुर्णं पोष्ट दैनिकमा प्रकाशित छ ।