२४ असार २०८३, बुधबार
,
Latest
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय सरकारको विधेयकविरुद्ध सर्वोच्च अदालत जाने प्रदेश सरकार



अ+ अ-

काठमाडौं । प्रदेश २ सरकार संघीय सरकारले पेस गरेका विधेयकविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम सो चेतावनी दिएका हुन् । प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने गरी केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनको एकमुष्ठ खारेजीका लागि आफूहरू सर्वोच्च जाने उनको भनाइ छ ।

‘संविधानले दिएको प्रदेशको अधिकार पनि कटौती गर्ने गरी केन्द्र सरकारले कदम चालिरहेको छ । सागरनाथ वनको सवालमा पनि अहिले प्राधिकरण गठन गरेर वनलाई आफ्नो मातहतमा राख्न खोजिरहेको छ । केन्द्र सरकारलाई जवाफ दिन भर्खरै सागरनाथमै प्रदेश मन्त्रिपरिषद्को बैठक राख्यौँ,’ मुख्यमन्त्री राउतले भने ।

उनले केन्द्र सरकारलाई आफूले गरेका त्रुटि सच्याउन आग्रह गरे । ‘अहिले पनि केन्द्रका शासकमा हिजोको जस्तै मानसिकता छ । केन्द्र सरकारबाट भएका त्रुटि सच्याउनुपर्छ । हामी प्रदेशको अधिकार खोस्ने विधेयकलाई एकमुष्ठ रूपमा खारेजी गर्न तयारी गर्दै छौँ,’ राउतले भने । संविधानले राष्ट्रिय वनसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहतमा राख्ने प्रयास गरिरहेको उनले आरोप लगाए ।

मुख्यमन्त्री राउतले केन्द्र सरकारले प्रदेश सरकारलाई कुनै सहयोग नगरेको आरोप पनि लगाए । गणतन्त्र, संघीयता, समानुपातिक–समावेशितालगायत उपलब्धि रक्षा गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । राउतले जनताका आकांक्षाअनुसार प्रदेश सरकारले काम गरिरहेको दाबी गरे ।

संघीयता कार्यान्वयन गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधानअनुसार अधिकार दिनुपर्ने राउतको भनाइ थियो । प्रदेश २ सरकारले लोकसेवा आयोग गठन गरिसकेकाले अब छिटै प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रबकाशित छ ।