७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गृहमन्त्रीका भाइसहित पक्राउ : जेलभित्रै बुनिँदै थियो फिरौती योजना

गृहमन्त्रीका भाइसहित पक्राउ : जेलभित्रै बुनिँदै थियो फिरौती योजना
अ+ अ-

काठमाडौँ । फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशसहित ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

ब्युरोले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रूपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेकामा नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर छन् । वीरबल केन्द्रीय कारागारको सुरक्षामा खटिएका प्रहरी जवान हुन् । प्रजापति, लामा र भट्टराईको बयान बिहीबार सकिएको छ । सबैको बयान नसकिएकाले उनीहरू शुक्रबार र शनिबार हिरासतमै रहनेछन् । आइतबार पुनः बयान लिइने र त्यसपछि थुनछेक आदेश हुने अदालत स्रोतले जनाएको छ । ब्युरोले समीरमानलाई पनि प्रतिवादी बनाएको छ ।

ब्युरोका डीआईजी नीरज शाहीले संगठित अपराध र आपराधिक लाभ लिएकामा सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा पेस भएको बताए । प्रारम्भिक बयानपछि नरेशलाई बिरामी कागजातका आधारमा थुनाबाहिर बस्ने सुविधा दिइएकामा पछिल्लो समय उनी थुनामै छन् । ‘सातै जना ब्युरोको थुनाकक्षमै छन्,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार वीरबलले समीरमानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र पुर्‍याउन सघाएका थिए । पक्राउ परेका एक जनाले ५ हजार रुपैयाँ दिने सर्तमा वीरबलले मोबाइल जेलभित्र पुर्‍याउन भूमिका खेलेको बयान दिएका छन् । समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ जना व्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए ।

साउन अन्तिम साता पक्राउ परेका पवन र सुरेनले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको देखिन्छ । रकम असुल्न समीरमानकै अगुवाइमा पवन र दुबई रहेका जावेद अनवरदिनले योजना बनाएका थिए । उक्त योजनामा पछि शैलेश, वीरबल हुँदै गृहमन्त्रीका भाइ नरेश पनि जोडिएका हुन् ।

वीरबलले दिएको फोन प्रवेशले समीरमानलाई उपलब्ध गराएको अनुसन्धानबाट पत्ता लागेको छ । समीरमानले जेलभित्रैबाट फोन र एसएमएसमार्फत फिरौती धन्दा अघि बढाएका थिए तर उनले अधिकांश एसएमएस डिलिट गरेको एक अनुसन्धान अधिकारीले बताए । ब्युरोले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा उक्त मोबाइल परीक्षण गरेर झन्डै ७० प्रतिशत म्यासेज ‘रिकभर’ गरेको थियो ।

गौचन हत्याको तीन महिनापछि भारतबाट पक्राउ परेका समीरमानलाई ललितपुरको नक्खु कारागार पुर्‍याइएको थियो तर जेलभित्रैबाटसञ्जाल चलाएको सूचना पाएपछि गृह मन्त्रालयको पहलमा २०७५ असोज १५ मा उनलाई मुस्ताङ कारागार सारिएको थियो ।

त्यसलगत्तै उनकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतको आदेशमा उनलाई पुनः राजधानी ल्याएर केन्द्रीय कारागार सुन्धारामा राखिएको हो ।

समीरमानले शैलेश र पवनमार्फत नरेशसँग सम्पर्क बढाएको एक अनुसन्धान अधिकारीले बताए । स्रोतका अनुसार रानीवन र सिटी सेन्टरमा बारम्बार भेट्ने गरेका पवन, शैलेश र नरेशबीच फोन सम्पर्क पनि बाक्लै भएको देखिन्छ । फिरौती असुली योजना र समीरमानलाई काठमाडौंबाहिरका जेलमा सरुवा नगर्ने व्यवस्था मिलाउन पनि उनीहरूबीच कुराकानी भएको हुन सक्ने देखिन्छ ।

पवनले नरेशसँग भएको कुराकानी दुबईमा रहेका जावेदलाई फेसबुक म्यासेन्जरमार्फत पठाएको अनुसन्धानमा खुलेपछि ब्युरोले सुरेनलाई बोलाएको थियो । एक अनुसन्धान अधिकारीले नरेशको संलग्नता तेस्रो पक्षका रूपमा मात्रै देखिएको बताए । फिरौती संकलनमा नरेशको नाम मुछिएकैले उनी पक्राउ परे पनि रकम लिएको वा भाग खोजेको भन्ने तथ्य अनुसन्धानमा खुलेको छैन ।

पवनले नरेशसँग भएको कुराकानी भन्दै जावेदलाई पठाएको सन्देशमा फिरौती संकलनमा केही अप्ठ्यारो परे नरेशले मिलाउने उल्लेख छ । कामका क्रममा केही गाह्रोसाह्रो परे नरेशले प्रहरी र गृह प्रशासन सबैलाई मिलाउन सक्ने कुराकानी भएको देखिन्छ । पवनले जावेदसँग केही अप्ठ्यारो परे नरेशले मान्छे भगाउन पनि सहयोग गर्ने बताएका छन् ।

‘दुई पक्षबीचको कुराकानीमा नरेशको नाम बारम्बार उल्लेख भएको देखिएपछि उनी स्वतः अनुसन्धानमा तानिएका हुन्’ अरू कुरा समय क्रममा थप खुल्दै जाला ।’ ब्युरोले नरेशले केन्द्रीय कारागारमै पुगेर समीरमानलाई भेटेको तथ्य बटुलेको छ । तर केन्द्रीय कारागारको आगन्तुक पुस्तिकाको सूचीमा भने नरेशको नाम देखिँदैन । यसबारे नाम गोप्य राख्ने सर्तमा ब्युरोका एक अधिकारीले भने, ‘अनुसन्धानको गम्भीरताका कारण यो तथ्य पछि आफैं खुल्नेछ ।’

को हुन् समीरमान ?
समीरमान सुरुमा बाफलमा कुखुरापालन गर्दागर्दै स–साना ठेक्कापट्टामा लागेका थिए । त्यही क्रममा उनको चिनजान गुन्डा नाइके कुमार घैंटेसँग भएको थियो । घैंटेकै संगतबाट उनी अपराधको दुनियाँमा भिज्दै गए । गुन्डागर्दीमा दावा लामा, गणेश लामाहरूको उपस्थिति बलियो बन्दै जाँदा घैंटेले समीरमानलाई अगाडि सारेर धन्दा चलाइरहेका थिए ।

२०७२ भदौमा घैंटे प्रहरी कारबाहीमा मारिएपछि समीरमान आफ्नै समूह बनाएर फिरौती असुलीमा सक्रिय थिए । घैंटेको मृत्युपछि भारत पसेका उनले फिरौती धन्दा चलाइरहेका मनोज पुनसँग मिलेर आफ्नो समूह विस्तार गरेका थिए । यही समूहले २०७३ चैत २९ गते गौरीघाटमा दावा लामालाई गोली हानेको थियो ।

गोली हान्न समीरमानका मुख्य सहयोगी लोप्साङ लामाले नेपाली सेनाका भगौडा अमरबहादुर रानालाई प्रयोग गरेका थिए । प्रहरीले २०७३ पुस ४ मा भैरहवामा एमालेनिकट युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि समीरमानको साथ रहेको बताएको छ ।

निर्माण व्यवसायी गौचनको हत्याका बेला उनले भारतका विभिन्न सहरमा बसेर भाइबर, ह्वाट्स एपमार्फत निर्माण व्यवसायी, बैंकका सीईओ र निजी स्कुल कलेजका सञ्चालकसँग असुली धन्दा चलाइरहेको प्रहरी अनुसन्धानले देखाएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।