७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

डेंगुको महामारी : नियमनकारी निकाय प्रमुखविहीन

डेंगुको महामारी : नियमनकारी निकाय प्रमुखविहीन
अ+ अ-

काठमाडौं । देशभर डेंगुको महामारी देखिएका वेला स्वास्थ्य सेवा विभाग महानिर्देशकविहीन बनेको छ । नियमनकारी निकाय प्रमुखविहीन हुँदा दैनिक कामकारबाहीमा समस्या देखिएको महाशाखा प्रमुखहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले अवकाश पाएसँगै विभाग नेतृत्वविहीन बनेको हो ।

विभागमातहत महत्वपूर्ण पाँच महाशाखा छन् । स्वास्थ्य सेवा विभागको नेतृत्व प्रमुख विशेषज्ञ अर्थात् १२औैँ तहको कर्मचारीले गर्ने नियम छ । २२ भदौमा डा। प्याकुरेलले अवकाश पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैलाई पनि निमित्त महानिर्देशकको जिम्मेवारी तोकेको छैन ।

सबैभन्दा वरिष्ठ कर्मचारीका हिसाबले डा. भीमसिंह तिंकरीले आफ्नै हिसाबले सामान्य काम गरिरहेका छन् । उनी ११औँ तहका सिनियर चिकित्सक हुन् । १२औँ तहका लागि वरिष्ठताका आधारमा डा. तिंकरी, डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, स्वास्थ्य सेवाबाट महेन्द्र श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

तत्काल नियुक्ति गर्ने आधार देखिँदैन
स्वास्थ्य मन्त्रालयमा १२औँ तहका कर्मचारीको संख्या शून्य छ । दुई वर्षदेखि १२औँ तहका दुई दरबन्दी रिक्त छ । डा. प्याकुरेलको अवकाशसँगै तीन पद रिक्त हुन पुगेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाले जनाएको छ । नियमअनुसार ११औँ तहमा कार्यरत सिनियर कर्मचारीमध्येबाट १२औँ तहमा बढुुवा गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्यासचिव खगराज बरालका अनुसार १२औ तहमा बढुवा हुने तत्काल आधार देखिएको छैन । ‘हाल ११औँ तहमा काम गरिरहेका सिनियर कर्मचारीहरूबाट तीनजना १२औँ तहमा बढुवा गर्ने हो,’ सचिव बरालले भने, ‘तर त्यसका लागि मन्त्रालयले कुनै काम अगाडि बढाएको छैन ।’

बढुवा समितिको बैठकसमेत बसेन
मन्त्रालयका अनुसार तीन वर्षदेखि प्रमुख विशेषज्ञको दुई पद रिक्त छ । बाँकी एक पद पनि पाँच दिनदेखि रिक्त छ । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमन महाशाखामा एकजना, जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय महाशाखामा एक र स्वास्थ्य सेवा विभागमा एक गरी तीनजना प्रमुख विशेषज्ञको दरबन्दी छ ।

स्वास्थ्यसचिव डा। पुष्पा चौधरीकै कारण तीन वर्षदेखि बढुवाको सिफारिस हुन नसकेको मन्त्रालयका अधिकारीहरूको आरोप छ । सचिव बरालले अहिलेसम्म बढुवा सिफारिस समितिको बैठकसमेत बस्न नसकेको बताए । आफूअनुकूल व्यक्ति १२औँ तहमा नआउने देखेपछि सचिव चौधरीले यसअघि फाइल अगाडि नबढाएको उनीहरूको गुनासो छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।