७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चीनले आफ्ना नागरिकलाई सचेत गरायो-‘कुरा नबुझी बिहे नगर्नू’

चीनले आफ्ना नागरिकलाई सचेत गरायो-‘कुरा नबुझी बिहे नगर्नू’
अ+ अ-

बेइजिङ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।

काठमाडौंस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी–च्याट’ मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपिमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङस्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चिनियाँहरूले अरूको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डेट’ का आधारमा बिदाको समय नेपालमा गएर विवाह गर्नुअघि नेपालको विवाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ ।

चीनले राम्ररी कुरा नबुझी वैवाहिक सम्बन्धको प्रक्रियामा नजान भनेको छ । स्थानीय विवाहकर्ता संस्थालाई शुल्क बुझाउनु र दुलहीको परिवारलाई पैसा तिर्नुअघि नेपाली जीवन साथीबारे राम्ररी बुझ्न, भावनात्मक दबाबमा नआउन र दुलहीसँग राम्ररी संवाद गर्न नसक्ने अवस्थामा विवाह गरेर चीन फर्कंदा शंकास्पद मानव तस्करीको प्रमाणका रूपमा लिन सकिने औंल्याइएको छ ।

सुझावमा भनिएको छ, ‘नेपालमा सम्बन्धित न्यायिक प्रक्रिया लामो हुने भएकाले शंकास्पद व्यक्ति प्रहरीद्वारा पक्राउ पर्ने सम्भावना हुन्छ । अन्ततः निर्दोष साबित भए पनि समय लाग्ने, सामान्य अवस्थाको हिरासतमा रहनुपर्ने, महँगो वकिल शुल्क बेहोर्नुपर्ने भएकाले यसमा संलग्नहरूको आर्थिक, मानसिक तथा शारीरिक नोक्सानी हुन सक्ने भएकाले यसबारे ध्यान दिनुपर्नेछ ।’

यदि नेपालीसँग वैवाहिक सम्बन्ध स्थापित गराउने कुनै अवैध म्यारिज ब्युरो चीनमा फेला परेमा पनि विश्वास नगर्न भनिएको छ ।

चिनियाँ कानुनअनुसार कुनै पनि चिनियाँ संस्थालाई वैदेशिक विवाह एजेन्सी व्यवसाय गर्ने अनुमति छैन । व्यक्तिगत रूपमा कसैले पनि धोखाधडी वा आर्थिक नाफाका लागि विवाह गर्न पाउँदैन । ‘यदि चीनभित्र नेपालमा विवाह गराउने कुनै एजेन्सी भेटेमा ती संस्था अवैध हुन् भन्नेतर्फ सतर्क रहनू’ एडभाइजरीको दसौं बुँदामा उल्लेख छ ।

चीनमा शुक्रबार मध्यशरद पर्वसँगै राष्ट्रिय दिवसको लामो बिदा नजिकिँदै छ । बिदाको अवधिमा चिनियाँहरू विभिन्न देशमा पर्यटन गर्ने हुँदा ती देशको पर्यटकीय आयआर्जनमा पनि उल्लेख्य वृद्धि हुने गरेको तथ्यांकले देखाएको छ । चिनियाँ लिपिमा एडभाइजरी जारी भएकाले नेपालसम्बन्धी जानकारी लिन र नेपाल यात्राका लागि निर्णय गर्न चिनियाँ पर्यटकलाई सहायकसिद्ध हुन्छ ।

विच्याट पब्लिक एकाउन्टबाट जारी सूचनामा नेपालको सडक यातायात पूर्वाधार निकै कमजोर रहेको सुझाइएको छ । पर्यटनका क्रममा हुन सक्ने जोखिम कम गर्न साहसिक पर्यटन तथा यातायात बिमा अनिवार्य गर्न सुझाव दिँदै चीनले तिब्बतको केरुङलगायत स्थलमार्ग हुँदै काठमाडौं पुग्ने यात्रुका लागि सीमावर्ती बाटोघाटोको अवस्थाप्रति सचेत गराएको छ ।

‘वर्षा ऋतु सकिनै लाग्दा भत्किएका सडकहरू बनिनसकेका पनि हुन सक्छन्,’ एडभाइजरीमा भनिएको छ । चीन र नेपालको ड्राइभिङ साइड पनि फरक भएकाले कुनै चिनियाँले नेपालमा गाडी हाँक्न पनि निषेध गरिएको छ । त्यस्तै अवैध नोट, धातु तथा जन्तुजन्य उत्पादन यताउता नगर्न पनि सूचित गरिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।