७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नाजगान सहित मेलम्चिको आन्दोलन

नाजगान सहित मेलम्चिको आन्दोलन
अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

भदौ १९ गते आन्दोलनकारीमाथि गोली चलाएलगत्तै २० गतेबाट स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि आपूर्तिकर्ता र मजदुरले आन्दोलन जारी राखेका हुन् । शान्तिपूर्ण आन्दोलनका क्रममा आयोजनाको मुहान क्षेत्र अम्बाथान जान लागेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अ श्रुग्यास र रबरको गोली प्रहार गर्दा दुई मजदुर घाइते भएका थिए । बिहान १० बजेदेखि कार्यालय समयभरि आयोजनाको काम भइरहेको क्षेत्र र साइड कार्यालय आसपास निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञापछि बिहान १० बजेअघि आयोजनाको साइड कार्यालयअगाडि नियमित धर्ना बस्दै आएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले जानकारी दिए । नियमित धर्नाका अलावा बुधबार मेलम्ची बजारमा कलाकारसहित आयोजनाविरुद्ध प्रदर्शन गरिएको थियो । आयोजनापीडित पछिल्लो समय ऐक्यबद्धता र जनमत बटुल्ने अभियानमा लागेका छन् । ‘हामीले सुरु गरेको आन्दोलनसँगै आयोजनाका अन्य कमजोरी पनि बाहिर आउनुपर्छ,’ आचार्यले भने, ‘पानी लगेपछिको रोयल्टी, मुआब्जालगायत समस्या सबै एकसाथ अघि बढाउन हामी आग्रह गर्दछौं ।’

प्रशासनले निषेधाज्ञा जारी गरेर आयोजनाको काम अघि बढाउने प्रयास गरे पनि आन्दोलनकारीले आयोजनाका कर्मचारी, नयाँ ठेकेदार कम्पनी सिनो हाइडोलगायतलाई आफूहरूको समस्या समाधान नभएसम्म कार्यक्षेत्रमा नआउन चेतावनी दिएका छन् ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले मेसिन उपकरण भाडामा दिने, निर्माण सामग्री आपूर्ति गर्ने व्यवसायी एवं कर्मचारी र मजदुरलाई भुक्तानी नदिई नौ महिनाअघि एकतर्फी ठेक्का तोडेर गएको थियो । इटालियन कम्पनी फर्किएदेखि नै व्यवसायी आफूहरूको पाउनुपर्ने भुक्तानी आयोजनाले उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन् । इटालियन कम्पनीले कर्मचारी, व्यवसायी र पेटी ठेक्का पाउने कम्पनीलाई गरी एक अर्ब ६७ करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले जनाएको छ ।

आफूहरूको भुक्तानी नपाए आयोजनाले छनोट गरेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आयोजनाको काम गर्न नदिने भन्दै भदौ ५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई संघर्ष समितिको तर्फबाट ज्ञापनपत्र बुझाएका थिए । आयोजनाले सीएमसीको चार अर्ब रुपैयाँ धरौटी जफत गरेको छ । आयोजनाले जफत गरेको धरौटीबाट आफूर्तिकर्ता र मजदुरलाई आयोजनाले भुक्तानी गर्न सक्ने प्रावधान भएकाले बाँकी भुक्तानी आयोजनाबाट पाउनुपर्ने आन्दोलनकारीको माग छ । आयोजनाले भने तिर्न बाँकी भुक्तानीको जिम्मेवार सीएमसी नै हुने भन्दै पन्छने गरेको आन्दोलनकारीको गुनासो छ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।