७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेकपा थारू र मधेसीबीच लोकप्रिय छैन : त्रिपाठी

नेकपा थारू र मधेसीबीच लोकप्रिय छैन : त्रिपाठी
अ+ अ-

काठमाडौँ । दुई वर्षयता पार्टी, संगठन र कार्यकर्ताबाट टाढिएका सांसद हृदयेश त्रिपाठीले पुनः आफ्नो राजनीतिक ‘स्पेस’ खोजी गर्न थालेका छन् । स्वतन्त्र राजनीतिक समूहलाई सक्रिय बनाएर मुलुकभर पुग्ने र संगठन बनाउने तयारीमा उनी लागेका छन् । स्वतन्त्र समूहबाट प्रतिनिधिसभामा त्रिपाठी र बृजेशकुमार गुप्ता निर्वाचित सांसद छन् । प्रदेश ५ को सभामा दुई जना सदस्य छन् ।

स्वतन्त्र समूहको बैठकबाट त्रिपाठीले काठमाडौंमा सम्पर्क कार्यालय र देशैभर जिल्ला कार्यालय तथा तदर्थ समिति बनाउने निर्णय गराएका छन् । समूहमा केन्द्रमा संयोजकबाहेकको पद छैन । संयोजक उनी आफैं हुन् । ‘अरू पद थप्छौं र भ्रष्टाचार र समसामयिक मुद्दा लिएर जनतामाझ पुग्छौं,’ उनले भने । उनले अब स्वतन्त्र समूहमार्फतै आफ्नो राजनीतिक गतिविधि बढाउने बताए ।

त्रिपाठीले तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य जितेका थिए । उनको परिचय सांसदमा सीमित छ । राजपा छाडेपछि उनी कुनै राजनीतिक दलमा आबद्ध छैनन् । चुनाव चिह्न प्रयोग गरे पनि नेकपामा उनी समाहित भएनन् । राजनीतिक दल नभएपछि संगठन गर्न तथा विचार र मुद्दा प्रवाह गर्न पाएका छैनन् । सूर्य चिह्नबाट चुनाव लडेका सांसदको परिचयबाट मात्रै आगामी राजनीतिक यात्रा सहज नहुने उनको बुझाइ बनेको छ ।

भोलि छुट्टै पार्टी खोल्न वा कुनै पार्टीमा समाहित हुने अवस्थामा ‘बार्गेनिङ पावर’ बढाउन पनि समूहको सक्रियता बढाउनुपर्ने निष्कर्षमा त्रिपाठी पुगेको देखिन्छ । ‘भोलि के हुन्छ भनेर सोचेका छैनौं, एमाले र माओवादी वा फोरम र नयाँ शक्ति मिल्छन् भनेर कसले अनुमान लगाएको थियो ? ’ उनले भने, ‘अहिले समूह र समूहको विचारलाई स्थापित गर्ने लक्ष्य लिएर बढ्छौं ।’

कार्यालयका लागि सिंहदरबार वरिपरि कोठा खोज्दै गरेका त्रिपाठीले सिंहदरबारभित्र बसेर आम मानिससँग जोडिन नसकिने बताए । सूर्य चिह्नबाट चुनाव लडेयता संसद् सचिवालयले उनलाई नेकपाको संसदीय दल परिसरमै एउटा कोठा उपलब्ध गराएको छ । ‘समूहलाई विस्तार गरेर जाने भएपछि यहाँबाट सम्भव हुन्न । आममानिसलाई सिंहदरबार छिर्नै मुस्किल छ,’ उनले भने । त्रिपाठी तत्काल राजनीतिक दल खोल्ने अवस्थामा छैनन् । सूर्य चिह्नबाट चुनाव जितेकाले अर्को राजनीतिक दल प्रवेश गर्ने विकल्प पनि छैन । नयाँ दल खोले वा अन्य दलमा छिरे उनको सांसद पद धरापमा पर्नेछ । नेकपा उनको छनोट नभए कम्तीमा यो संसद्को अवधिभर राजनीतिक दलका रूपमा नभई विचार समूहका नाममा मात्रै आफ्नो राजनीति अघि बढाउने मनस्थितिमा उनी देखिएका छन् ।

मधेसकै राजनीतिबाट पहिचान बनाएका त्रिपाठीले नेकपा प्रवेश सहज मानेका छैनन् । ‘पार्टीमै प्रवेश गर्ने प्रस्तावमा पटक पटक संवाद चलेको छ तर यो व्यक्ति मात्रै समावेशको विषय होइन, विचारको पनि कुरा हो,’ उनले भने, ‘नेकपा थारू र मधेसीबीच लोकप्रिय छैन । उनीहरूका लागि पार्टीको नीति, कार्यक्रम र व्यवहार नै छैन ।’

त्रिपाठीले नेकपा वा नेकपाको सरकारसँग कति दूरी बढाउने भन्ने सीमा पनि विचार गर्नुपर्ने हुन्छ । संसद्भित्र उनी नेकपाको ह्वीप मानेर बस्नुपर्ने बाध्यतामा छन् । ‘नेकपासँग सम्बन्ध टुटेको छैन, टुट्दैन पनि,’ उनले भने, ‘तर उहाँहरूको र मेरो राजनीतिक विचार मिल्दैन ।’ उनले आफू नेकपामा नपसेको र स्वतन्त्र सांसदको हैसियत रहेकाले आफूलाई स्वतन्त्र ढंगले राजनीतिक गतिविधि गर्न समस्या नरहेको बताए ।

स्वतन्त्र राजनीतिक समूहले आफूलाई स्थापित गर्न किसानलाई लोभ्याउन खोजेको छ । कुल जनसंख्याको ६५ प्रतिशत मानिस किसान रहेको र उनीहरू असंगठित रहेको भन्दै आफ्नो पहिलो प्राथमिकता किसान र तिनका मुद्दा हुने त्रिपाठीले बताए । कृषि उत्पादनले उचित मूल्य नपाएकैले किसानको आर्थिक अवस्थामा सुधार नआएको भन्दै उक्त समूहले विशेषज्ञ सम्मिलित कृषि उपज मूल्य निर्धारण आयोग गठनको माग सारेको छ । मंगलबार बसेको समूहको बैठकले किसानलाई सहज ऋण, किसानका हातमा पुग्ने गरी अनुदान वितरण, रासायनिक मलको उपलब्धतालगायत विषय उठाएको छ । किसानको समस्या र पीडालाई केन्द्रबिन्दु बनाएर संगठित गर्ने प्रयास रहने त्रिपाठीले बताए ।

राजनीति सक्रियता बढाउन समूहले किसानका समस्या, सरकारी निकायको भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततालाई न्यूनीकरण गर्न दबाबमूलक र खबरदारी कार्यक्रम गर्ने समूहले जनाएको छ । लामो समय मधेसी राजनीतिमै लागेका त्रिपाठीले संविधान संशोधन माग पनि गरेको छ । ‘संविधानको प्रस्तावना सर्वस्वीकार्य छ, प्रस्तावनाको भावनाअनुसार संविधानका धारा छैनन्,’ उनले भने, ‘प्रस्तावना अनुकूल संविधानको परिमार्जन र संशोधन आवश्यक छ ।’

संवैधानिक आयोगहरूको नियुक्ति समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्न, जनताको आयलाई हेरेर मात्रै कर थप्न समूहले माग सारेको छ । प्रतिनिधिसभामा कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित नगराउनुलाई समूहले दूर्भाग्यपूर्ण भनेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।