७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

दोषीलाई कारबाहीको माग गर्दै बाँके कांग्रेस सडकमा

दोषीलाई कारबाहीको माग गर्दै बाँके कांग्रेस सडकमा
अ+ अ-

नेपालगन्ज । दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।

उक्त कार्यक्रमलाई प्रमुख अतिथी (केद्रिय प्रतिनिधी) बिद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता एवम् खजुरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, ‘लोके’ भन्ने लोकबहादुर शाही समेत व्यक्तिले ज्यानै मार्ने नियतले सामुहिक आक्रमण गरी सांघातिक आक्रमण गरेको कांग्रेसले जनाएको छ।

‘मुलुकको प्रमुख प्रतिपक्ष दलको राष्ट्रिय अभियानको कार्यक्रमलाई विथोल्ने बद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधिक चरित्रका उल्लेखित व्यक्तीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुको जिउ, धनको रक्षागर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ कांग्रेस सभापति कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘उल्लेखित दोषीहरु उपर कार्बाही नभएको खण्डमा पार्टीले कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्यहुनेछ ।’

घटनाको बिरोध तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दैै बाँके कांग्रेसले आन्दोलन घोषणा गरेको हो। कांग्रेस जिल्ला सदस्य सुधान्सु कोइरालाका अनुसार शुक्रबार बिहान १० बजे पार्टी कार्यालयबाट विरोध प्रर्दशन हुँदैछ। ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र सरकारको अराजकता तथा तानाशाहविरुद्ध हामी जनजागरण कार्यक्रमलाई छाडेर सडकमा उत्रिन बाध्य भएका छौं,’ सदस्य कोईरालाले भने ‘विरोध प्रर्दशनमा कार्यकर्ता, शुभचिन्तक तथा आम सर्वसाधारणलाई आव्हान पनि गरेका छौं।’ आक्रमणमा संलग्नविरुद्ध शुक्रबार प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइने पनि उनले बताए। कांग्रेसले उक्त घटनाबाट विचलित नहुन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ। घटनाबारे प्रहरी, प्रशासनलाई समयमै जानकारी गराउँदापनि मुखदर्शक बन्नुले सरकार र सत्तारुढ दल नेकपाले नियोजित रुपमा जनजागरण भाँड्न खोजेको प्रष्ट देखिएको कांग्रेसको ठहर छ।

बाँके कांग्रेसले बिहीबार बेलुका नै स्थानीय प्रशासनलाई समेत ज्ञापन पत्र बुझाएर दोषीहरु उपर कडा कारबाही गर्न माग गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई बुझाइएको उक्त ज्ञापन पत्रमा दोषी उपर कारबाही नभएको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। ‘नेपाली कांग्रेसका नेता र कार्यकर्ताको जिउधनको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ।

यस्तै नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि विज्ञप्तीमार्फत घटनाको घोर निन्दा र भत्र्सना गरेका छन्। ‘सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रमगर्न पाउने संविधान प्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ,’ विज्ञप्तीमा भनिएको छ ‘भविष्यमा यस्ता घटनाहरु पुनःनदोहोर्याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनीदिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुतहुन समेत आग्रह गर्दछ।’ घटनाको चौतर्फी रुपमा बिरोध तथा भत्र्सना गरिएको छ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्नहरु मध्ये ३ जनालाई पक्राउ गरिएको जनाएको छ। राति करिव साढे १२ बजेतिर ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) वीरबहादुर ओलीले जानकारी दिए। घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका भनिएका अन्य व्यक्तिहरु भने अझै पक्राउ परेका छैनन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।