२४ असार २०८३, बुधबार
,
Latest
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लामखुट्टे मास्नुको विकल्प छैन’



अ+ अ-

काठमाडौँ । अव्यवस्थित सहरीकरण, पानीको अभाव, जलवायु परिवर्तन आदिका कारण नेपालसहित विश्वभर डेंगु संक्रमण बढेको भन्दै विशेषज्ञहरूले चिन्ता प्रकट गरेका छन् ।

विगत ३ महिनामा विश्वका १ हजार २ सय ९८ ठाउँमा डेंगु देखिएको उनीहरूको भनाइ छ । त्यसमा पनि दक्षिणपूर्वी एसियाका सबै मुलुकमा डेंगुको प्रकोप बढ्दो रूपमा देखिएको छ ।

सन् १९५६ अघि ९ मुलुकमा डेंगु संक्रमण देखिएको थियो । अहिले १ सय २६ मुलुकमा भेटिएको छ । ‘सहरी क्षेत्रमा गाई, भैंसी, भेडाबाख्रा छैनन् । लामखुट्टेले रगत चुस्ने पशु नपाएपछि मान्छेलाई बढी टोक्न थालेकाले अवस्था भयावह बनेको हो,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ किट वैज्ञानिक डा। बीएन नागपालले भने ।

उचित हेरचाह र स्वास्थ्य सुविधामा भएको विस्तारले विश्वमा डेंगु संक्रमणले हुने मृत्युदर घटिरहे पनि लामखुट्टे नियन्त्रणमा नरहेको नागपालले बताए । ‘यो स्वास्थ्य मन्त्रालयको मात्र समस्या होइन, सबै जनताको हो,’ उनले भने, ‘सबै मिलेर लामखुट्टेको प्रजनन स्थल खोज्दै मास्नुपर्छ ।’

नेपाललाई डेंगुको प्रकोपबाट मुक्त गर्न एडिस एजेप्टी र एडिस एल्बोपिक्टस जातका लामखुट्टे खोजेर नष्ट गर्नुको विकल्प छैन । डेंगु सार्ने भाइरसलाई तत्काल उन्मूलन गर्न नसकिने डब्लूएचओ नेपालकी डा। लुङटेन वाङचुकले बताइन् । ‘यो भाइरसको घर मानिस हो, यसैले उन्मूलन गर्न गाह्रो भएको हो,’ उनले भनिन् । डेंगु सार्ने लामखुट्टे अन्यभन्दा धेरै चलाख र सक्रियसमेत भएकाले नियन्त्रणमा समस्या देखिएको उनको भनाइ छ ।

‘औलो फैलाउने एनोफिलिस पोथी लामखुट्टेले आफ्नो जीवनकालमा औसत १५ जनालाई संक्रमित पार्न सक्छ तर डेंगु फैलाउने एडिस लामखुट्टेले ७५ जनालाई रोगी बनाउन सक्छ,’ डा। नागपालले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।